default_image

2 weeks ago

January 27, 2025

जय नेपाल कप – मध्यपश्चिम र लखनउ उपाधिका लागि खेल्ने

1124 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालको मध्यपश्चिम र भारतको लखनउ विश्वविद्यालयबीच जय नेपाल कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

सोमवार भएको दुवै सेमिफाइनल खेल जित्दै मध्यपश्चिम विश्वविद्यालय र लखनउले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा लखनउले बंगलादेशको ढाका विश्वविद्यालयलाई ७ विकेटले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित टियु मैदानमा ढाकाले दिएको १ सय ८० रनको लक्ष्य लखनउले १६.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

लखनउका लागि यश बद्र्धन सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले ३९ बलमा ११ चौका र ४ छक्का प्रहार गरे ।

ममन कन्डपालले २४ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ५९ रन जोडे । ढाकाका लागि सरियर शकिबले २ तथा महाफिजुल इस्लामले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ढाकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन जोडेको थियो ।

त्यस्तै आज भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन विश्वविद्यालय(त्रिवि) माथि मध्यपश्चिम विश्वविद्यालयले ७७ रनको फराकिलो जित निकाल्यो ।

मध्यपश्चिमले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएका त्रिवि १८.३ ओभरमा १ सय १४ रनमा अल आउट भयो ।

त्रिविका लागि लोकेश बमले २२ बलमा सर्वाधिक ४४ रन जोडे । मध्यपश्चिमका लागि विपिन खत्री, दिवान पुन र सुवास भण्डारीले समान २ तथा विनित खत्री र राजकुमार शाहले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मध्यपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन जोडेको थियो । मध्यपश्चिमका लागि रविन्द्र जंग शाहीले ५० बलमा १ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ६९ रन जोडे । दीपक डुम्रेले ३२ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६३ रन जोडेका थिए ।

February 13, 2025

लिग टु – ओमानसँग अमेरिका पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]

February 13, 2025

कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा

एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]

February 12, 2025

गिलको शतकसँगै सिरिजमा भारतको ‘क्लिन स्विप’

एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]

Success

Thank you for your time.