1 week ago
January 28, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) मा टि ट्वान्टी हार बेहोरेको छ ।
डेजर्ट सोमवार एमआई इमिरेट्ससँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको हो । डेजर्टले ८ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् ।
२ सय २९ रनको लक्ष्य पछ्याएको डेजर्ट १२.३ ओभरमा ७४ रनमा अल आउट भयो । डेजर्टका लागि अजाम खानले सर्वाधिक १२ तथा कप्तान साम करन ११ रनमा आउट भए । डेजर्टका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
इमिरेट्सका लागि मोहम्मद रोहिड र अल्जारी जोसेफले समान ३ तथा डान मुस्ले र फैजल हक फारुकीले समान २ विकेट लिए ।
त्यसअघि शेख जायद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको थियो । इमिरेट्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल तयार गरेको थियो ।
इमिरेट्सका लागि टोम बेन्टनले सर्वाधिक १ सय ५ रन जोडेका थिए । उनले ५५ बलमा ९ चौका र ७ छक्का प्रहार गरेका थिए ।
आन्द्रे फ्लेचरले ५० बलमा १० चौका र ३ छक्काको सहयोगमा नट आउट ९६ रन जोडका थिए । डेजर्टका लागि मोहम्मद आमिरले १ विकेट लिए ।
जितसँगै इमिरेट्स ८ खेलमा ४ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको डेजर्ट ६ जित र २ हारका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डलाई हराउँदै नेदरल्याण्ड्सले जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि सम्भावना कायमै राखेको छ । नेदरल्याण्ड्सले बिहीवार थाइल्याण्डलाई रोमान्चक खेलमा १ विकेटले हराएको छ । १ सय १० रनको लक्ष्य नेदरल्याण्ड्सले निर्धारित २० ओभरको अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले […]
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३५ वर्षीय स्टोइनिसले टि ट्वान्टी भन्ने खेल्ने छन् । टि ट्वान्टीमा ध्यान केन्द्रित गर्न ओडिआईबाट सन्यास लिएको बताएका छन् । उनले ७१ ओडिआई खेलमा २६.६९ को औसतमा १ हजार ४ सय ९५ रन बनाएका छन् । उनले ओडिआई क्रिकेटमा ४८ विकेट […]