1 week ago
January 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं छनोट प्रतियोगितामा बालुवाटार क्रिकेट क्लब र थर्ड आइ युथ क्लबले विजयी सुरुवात गरेका छन् ।
मुलपानी क्रिकेट मैदानमा बुधवार बालुवाटरले एन्जल्स स्पोर्टस एकेडेमी र थर्ड आइले पुष्पलाल स्पोर्टस क्लबलाई पराजित गर्यो।
पहिलो खेलमा बालुवाटारले एन्जल्समाथि ६ विकेटको जित निकाल्यो । ९४ रनको लक्ष्य बालुवाटारले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
बालुवाटारका लागि खेलको प्लेयर अफ द म्याच समेत भएका प्रशिद्ध जैसीले सर्वाधिक ४१ रन जोडे । रोशन पुन १० रनमा आउट हुँदा सुजल खड्गीले नट आउट २२ रन बनाए ।
एन्जल्स स्पोर्टसका लागि सागर कटवाल र सुजन ढकालले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको एन्जल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रनको योगफल तयार गरेको थियो ।
एन्जल्सका लागि उपेन्द्र खत्रीले सर्वाधिक ३३ रन जोडे । योगश मगर १४ रनमा आउट भए । एन्जल्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बालुवाटारका लागि धिरज देउवाले ३, प्रशिद्धले २ र स्मिथ बुढाले १ विकेट लिए ।
दोस्रो खेलमा थर्ड आइले पुष्पलालमाथि २४ रनको जित दर्ता गर्यो । १ सय १७ रनको लक्ष्य पछ्याएको पुष्पलालले १९.१ ओभरमा ९ विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो ।
पुष्पलालका लागि दीपक भण्डारीले नट आउट रहँदै सर्वाधिक २४ रन जोडे । सुशान्त बुढाथोकी १२ र विकी मण्डल ११ रनमा आउट भए ।
थर्ड आइका लागि गणेश विष्टले ३, सौराज थापा र अभिषेक कार्कीले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको थर्ड आइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १६ रनको योगफल तयार पारेको थियो ।
थर्ड आइका लागि प्लेयर अफ द म्याच भएका समाज पौडलले सर्वाधिक ४७ रन जोडे । कृष्ण थापा २२ रनमा आउट हुँदा दीपेन्द्र ओझाले नट आउट १६ रन बनाए ।
पुष्पलालका लागि ओमप्रकाश डाँगीले ३, महेश भण्डारीले २ र दीपक भण्डारीले १ विकेट लिए ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । बुधवार नेदरल्याण्ड्ससँगको खेलमा टिममा रहेकी ममता चौधरी र रोमा थापा बेन्चमा रहेका छन् । यस खेलमा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]