default_image

6 months ago

January 30, 2025

महावीर र ग्रेट हिमालयनको विजयी सुरुवात

576 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – महावीर ए.एल.एस सेन्टर र ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् ।

मुलपानी क्रिकेट मैदानमा महावीरले ओएसिस क्रिकेट एकेडेमी र ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई पराजित गरे ।

बिहीवारको दोस्रो खेलमा महावीरले ओएसिसविरुद्ध १ सय रनको फराकिलो जित दर्ता गर्यो । २ सय ८ रनको लक्ष्य पछ्याएको ओएसिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७ रन मात्रै बनाउन सक्यो ।

ओएसिसका लागि सुवोध ढुंगानाले ६२ बलमा सर्वाधिक ६२ रनको जोडे । रोशन पुलामी मगर १९ र ओबामा श्रेष्ठले १४ रनमा आउट भए । महावीरका लागि सोनु देवकोटाले २ तथा राजेश कर्ण र एकेन्द्र बुढाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ७ रनको योगफल तयार पारेको थियो । महावीरका लागि प्लेयर अफ द म्याच समेत रहेका सोनुले सर्वाधिक ७९ रनको योगदान गरे ।

रोविन जोशीले नट आउट ७२ जोड्दा उत्तम थापामगरले ३५ रनमा आउट भए । ओएसिसका लागि निर्जल श्रेष्ठ, अविजित सुनार र निश्चल श्रेष्ठले समान १ विकेट लिए ।

आजै भएको पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन ‘ए’ विरुद्ध ७७ रनको जित निकाल्यो । १ सय ६१ रनको लक्ष्य पछ्याएको हिमालयन १९ ओभरमा ८३ रन बनाउँदै अल आउट भयो ।

हिमालयनका लागि दीपक बोहराले सर्वाधिक ४९ रन जोडे । हिमालयनका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ग्रेट हिमालयका लागि दर्शिल विष्ट र प्रकाश विष्टले समान २ तथा इशान पाण्डेले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६० रनको योगफल तयार पारेको थियो । ग्रेट हिमालयका लागि इशान पाण्डेले सर्वाधिक ७१ रनको योगदान गरे ।

यसैगरी दीपक महतो ३८ रनमा नट आउट रहँदा राजु सहानी २३ रनमा आउट भए । हिमालयनका लागि प्रमिश पोख्रेलले ३, सुलभ न्यौपानेले २ तथा दीनेश विष्टले १ विकेट लिए ।

July 15, 2025

सप्तरी प्राइड लिग – सेमीफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – सप्तरीको राजविराजमा जारी सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिग (एसपिएल) को सेमीफाइनल समीकरण पुरा भएको छ। मंगलबार सेमिफाइनल पुग्ने दुई टोली तय भएसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । आजको खेल जित्दै कन्चनरुप राइनोज समुह ‘ए’ को तथा खडक वारियर्स समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश […]

July 15, 2025

दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई हरायो

एजेन्सी – दक्षिण अफ्रिकाले घरेलु टोली जिम्बाब्वेलाई त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा पराजित गरेको छ । जिम्बाब्वेको हारारे स्पोर्टस क्लबमा सोमवार भएको खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भयो । सिरिजमा न्युजिल्याण्ड पनि सहभागी छ । १ सय ४२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको […]

July 15, 2025

टेस्ट सिरिजमा अस्ट्रेलियाको क्लिन स्विप

एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ३ टेस्टको सिरिजमा क्लिन स्विप गरेको छ । तेस्रो टेस्ट मंगलवार सहजै जितेपछि अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको घरेलु टोली मात्र २७ रनमा अल आउट भयो । जस्टिन ग्रेभ्स सर्वाधिक ११ रनमा आउट भए । ७ ब्याटर रनको खाता नखोल्दै […]

Success

Thank you for your time.