default_image

2 weeks ago

February 1, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुराको विजयी सुरुवात

1738 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा फ्रेडस क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

शनिवारबाट धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमी(डिसीए)माथि डडेलधुराले ८ विकेटको जित हासिल गरेको हो । डिसीएले दिएको १ सय ३३ रनको लक्ष्य डडेलधुराले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

डडेलधुराका लागि कुशलले नट आउट रहँदै ५१ बलमा सर्वाधिक ८७ रन जोडे । विनोद भण्डारीले ४२ रन जोडे । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले समान १ विकेट लिए । खेलका म्यान अफ द म्याच डडेल्धुराका कुशल भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । सुरुवाती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुर्याउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ र कप्तान नारायण जोशीले १६ रन बनाए ।

रनिङ ट्रफीको रुपमा रहेको टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ ।

February 15, 2025

बाबरले पछि पारे विराटलाई

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान बाबर अजामले भारतिय पुर्व कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका छन् । बाबरले सर्वाधिक कम इनिङमा ६ हजार रन पूरा गर्ने ब्याटरको सुचीमा शीर्ष स्थानमा रहेका छन् । बाबरले शुक्रवार न्युजिल्याण्डविरूद्धकाे त्रिकाेणात्मक सिरिजकाे फाइनल खेलमा बाबरले ६ हजार रन पूरा गरेका हुन् । उनले १ सय २३ इनिङमा […]

February 15, 2025

पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड च्याम्पियन

एजेन्सी – घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक ओडिआई सिरिजको उपाधी जितेको छ । शुक्रवार भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्यो । न्युजिल्याण्ड अपराजित रुपमा सिरिजको विजेता बनेको हो । सिरिज आगामी बुधवारबाट सुरु हुने च्याम्पियन्स ट्रफीको तयारी स्वरुप आयोजित भएको थियो । सिरिजमा न्युजिल्याण्ड अपराजित रहँदा दक्षिण अफ्रिकाले भने […]

February 14, 2025

मेन्डिसको शतकमा श्रीलंकाद्वारा सिरिज ‘क्लिन स्विप’

एजेन्सी – कुशल मेन्डिसको शतकमा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिज घरेलु टोली श्रीलंकाद्वारा ‘क्लिन स्विप’ गरेको छ । शुक्रवार भएको दोस्रो ओडिआई खेलमा अस्ट्रेलियालाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज ‘क्लिन स्विप’ गरेको हो । श्रीलंकाले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४.२ ओभरमा १ सय ७ रनमा समेटियो । अस्ट्रेलियाका […]

Success

Thank you for your time.