4 months ago
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ ।
आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि अविजित रहेका गोंगडी त्रिशाले सर्वाधिक ४४ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् । सानिका चल्केले २२ बलमा ४ चौकाको सहयोगमा नट आउट २६ रन बनाइन् ।
दक्षिण अफ्रिकाका लागि कायला रेनेकेले १ विकेट लिइन् । त्यसअघि बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा गुमाउँदै ८२ रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रिकाका लागि मिकी भान वुर्स्टले सर्वाधिक २३ रन जोडिन् । ओपनर जिम्मा बोथा १६, फे काउलिङ १५ र काराबो मेसो १० रनमा आउट भइन् ।
भारतका लागि गोंगडी त्रिशाले ३, वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले समान २ तथा शबनम शाकिलले १ विकेट लिइन् । पहिलो संस्करणमा इङ्ग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन भएको थियो ।
यो विश्वकपमा नेपालको यु १९ टिमले पनि सहभागिता जनाएको थियो । पहिलो पटक प्रतिस्पर्धा गरेको नेपाल यु १९ ले समूह चरणका तीनै खेल गुमाएको थियो । नेपाल यु १९ ले प्लेअफमा भने टोलीले मलेसियालाई पराजित गरेको थियो ।
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]
June 14, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]
June 14, 2025
सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]