default_image

10 months ago

February 2, 2025

यु १९ महिला विश्व कप – भारत दोस्रो पटक च्याम्पियन

800 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ ।

आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि अविजित रहेका गोंगडी त्रिशाले सर्वाधिक ४४ रन जोडिन् । उनले ३३ बलमा ८ चौका प्रहार गरिन् । सानिका चल्केले २२ बलमा ४ चौकाको सहयोगमा नट आउट २६ रन बनाइन् ।

दक्षिण अफ्रिकाका लागि कायला रेनेकेले १ विकेट लिइन् । त्यसअघि बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा गुमाउँदै ८२ रनमा अल आउट भएको थियो ।

दक्षिण अफ्रिकाका लागि मिकी भान वुर्स्टले सर्वाधिक २३ रन जोडिन् । ओपनर जिम्मा बोथा १६, फे काउलिङ १५ र काराबो मेसो १० रनमा आउट भइन् ।

भारतका लागि गोंगडी त्रिशाले ३, वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले समान २ तथा शबनम शाकिलले १ विकेट लिइन् । पहिलो संस्करणमा इङ्ग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन भएको थियो ।

यो विश्वकपमा नेपालको यु १९ टिमले पनि सहभागिता जनाएको थियो । पहिलो पटक प्रतिस्पर्धा गरेको नेपाल यु १९ ले समूह चरणका तीनै खेल गुमाएको थियो । नेपाल यु १९ ले प्लेअफमा भने टोलीले मलेसियालाई पराजित गरेको थियो ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.