default_image

10 months ago

February 3, 2025

वान डे र फरेभरको विजयी सुरुवात

241 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट व्बाईज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् ।

सोमबार मुलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो । सोमवारको पहिलो खेलमा वान डेले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा ६६ रनमै समेटियो ।

हिमालयनका लागि अभिषेक बुढाऐरले २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वान डेका लागि प्लेयर अफ द म्याच समेत भएका मणी गैरेले ५ विकेट लिए । विकल्प थापाले २ र भुपेश्वर महतोले १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वान डेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रनको योगफल तयार पारेको थियो । वान डेका लागि विश्वास खत्रीले २९, निरज ओलीले २५ र भुपेश्वर महतोले १३ रन बनाए ।

हिमालयनका लागि सुमन विश्वकर्माले ४ र आदित्य थापाले २ विकेट लिए ।

सोमबारै भएको दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा फरेभरले नेक्सस क्रिकेट एकेडेमीविरुद्ध ५ विकेटको जित दर्ता गर्यो ।

नेक्ससले दिएको १ सय १२ रनको लक्ष्य फरेभरले १७.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । फरेभरका लागि जतिन थापाले सर्वाधिक २७ रन जोडे । प्लेयर अफ द म्याच अजय नकर्मीले २५ बलमा २२ तथा कृष्ण भट्टले १४ बलमा नट आउट १२ रन जोडे

नेक्ससका लागि विप्लव फुयाँलले २ तथा सुरज राई र सुयोग दाहालले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन जोडेको थियो ।

नेक्ससका लागि मोहम्मद दिलसाद आलमले ६१ बलमा नट आउट रहँदै सर्वाधिक ६३ रन जोडे । अनिल कुमार यादवले ११ बलमा १६ तथा कासिफ समादले १० रन जोडे । फरेभरका लागि अजय र पंकज पन्तले समान २ तथा लक्ष्मण कार्कीले १ विकेट लिए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.