1 week ago
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ ।
बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ ।
बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको घोडाघोडीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन मात्रै बनाउन सक्यो ।
बोष्टनका लागि दिनेश रावतले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ४० बलको मद्दतमा ५ छक्का र ४ चौका प्रहार गरेका थिए ।
अन्तिम ओभरमा घोडाघोडीलाई जितका लागि १० रन चाहिएको अवस्थामा रमेश भट्टले ८ रन मात्र खर्चिएका थिए ।
आयुव चन्दले २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २४, दिपक टमाट्टाले १७ बलमा १९ तथा कप्तान शेर मल्लले ७ बलमा १० रन जोडे । झापाका लागि अभिषेक कार्कीले ३ तथा अरुण ऐरी र रमेश भट्टले समान १ विकेट लिए ।
त्यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ बोष्टनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । झापाका लागि रोशन शाहले सर्वाधिक ४१ रन बनाए । उनले १५ बलमा ५ छक्का र एक चौका प्रहार गरे ।
अभिषेक कार्कीले १८ बलमा नट आउट ३७, ओपनर रोहन विकले ३२ बलमा ३७ रन र पवन कार्कीले १७ बलमा २० रन जोडे । घोडाघोडी–११ का लागि कप्तान शेरले २ तथा नरबहादुर सार्की, नरेन साउँद, आयुव चन्द र सौर्य श्रेष्ठले समान १ विकेट लिए ।
घोडाघोडि११ को हारसँगै समूह ए बाट फ्रेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाईनल पुगेका छन् । बिहीवार हुने धनगढी र घोडाघोडी-११ बीचको खेलबाट समूह विजेता र उपविजेता पक्का हुनेछन् ।
यस प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।
प्रतियोगिताको समुह ‘ए’ मा डिसिए धनगढी, फ्रेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समुह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]
February 12, 2025
एजेन्सी – ओपनर शुभमन गिलको शतक सहयोगमा भारतले इङ्ग्ल्याण्डसँगको ओडिआई सिरिज क्लिन स्विप गरेको छ । तेस्रो ओडिआई खेलमा बुधवार १ सय ४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो । ३ खेलको ओडिआई सिरिज भारतले ३-० ले जितेको हो । ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ३४.२ ओभरमा २ […]