10 months ago
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ ।
बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ ।
बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको घोडाघोडीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन मात्रै बनाउन सक्यो ।
बोष्टनका लागि दिनेश रावतले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ४० बलको मद्दतमा ५ छक्का र ४ चौका प्रहार गरेका थिए ।
अन्तिम ओभरमा घोडाघोडीलाई जितका लागि १० रन चाहिएको अवस्थामा रमेश भट्टले ८ रन मात्र खर्चिएका थिए ।
आयुव चन्दले २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २४, दिपक टमाट्टाले १७ बलमा १९ तथा कप्तान शेर मल्लले ७ बलमा १० रन जोडे । झापाका लागि अभिषेक कार्कीले ३ तथा अरुण ऐरी र रमेश भट्टले समान १ विकेट लिए ।
त्यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ बोष्टनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । झापाका लागि रोशन शाहले सर्वाधिक ४१ रन बनाए । उनले १५ बलमा ५ छक्का र एक चौका प्रहार गरे ।
अभिषेक कार्कीले १८ बलमा नट आउट ३७, ओपनर रोहन विकले ३२ बलमा ३७ रन र पवन कार्कीले १७ बलमा २० रन जोडे । घोडाघोडी–११ का लागि कप्तान शेरले २ तथा नरबहादुर सार्की, नरेन साउँद, आयुव चन्द र सौर्य श्रेष्ठले समान १ विकेट लिए ।
घोडाघोडि११ को हारसँगै समूह ए बाट फ्रेण्ड्स युथ क्लब डडेल्धुरा र डिसिए धनगढी सेमिफाईनल पुगेका छन् । बिहीवार हुने धनगढी र घोडाघोडी-११ बीचको खेलबाट समूह विजेता र उपविजेता पक्का हुनेछन् ।
यस प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।
प्रतियोगिताको समुह ‘ए’ मा डिसिए धनगढी, फ्रेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समुह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]