default_image

10 months ago

February 10, 2025

भारतको जितमा कप्तान रोहितको शतक

948 views

0 Bookmark

एजेन्सी – घरेलु टोली भारतले इङ्ग्ल्यान्डविरुद्धको ओडिआइ सिरिज एक खेल अगावै जितेको छ ।

दोस्रो खेल आइतवार ४ विकेटले जितेसँगै भारतले ३ ओडिआइको सिरिजमा २-० को‌ अग्रता बनाएको छ।
३ सय ५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८ रन बनाएर पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले शतकीय पारी खेले । रोहितको त्यो ३२ औं ओडिआइ शतक हो । उनले ९० बलमा १२ चौका र ७ छक्काको मद्दतमा १ सय १९ रन बनाए । 

शुभमन गिलले ५२ बलमा ९ चौका र एक छक्काको मद्दतले ६०, श्रेयस अय्यरले ४४, अक्षर पटेलले नटआउट ४१ बनाए । रवीन्द्र जडेजाले अविजित ११ तथा  हार्दिक पाण्डेया र केएल राहुलले समान १० रन जोडे ।

इङ्ग्ल्याण्डका जिमी ओभर्टनले २, गस एट्किन्सन, अदिल रासिद रगउ लियम लिभिङस्टोनले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्ड ४९.५ ओभरमा ३ सय ४ रनमा अलआउट भयो । टोलीका जो रूटले ७२ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रन बनाए ।

बेन डकेटले ५६ बलमा १० चौकाको मद्दतले ६५, लियम लिभिङस्टोनले ४१, कप्तान जोस बटलरले ३४, ह्यारी ब्रुकले ३१, फिल साल्टले २६ र आदिल राशिदले १४ रन जोडे ।  

भारतका जडेजाले ३, मोहम्मद शामी, हर्षित राणा, हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले समान १ विकेट लिए । पहिलो खेल पानि भारतले ४ विकेटले जितेको थियो। तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.