default_image

4 weeks ago

October 17, 2025

अपराजित रहँदै नेपाल विश्व कप छनोट च्याम्पियन

2644 views

0 Bookmark

सुबास हुमागाईं/प्रकाश तिमल्सिना (मस्कट)-

नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ ।
नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो।

आज सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल अपराजित रहने एक मात्र टिम बन्यो। नेपाल १० अंक सहित च्याम्पियन बन्यो।

तेस्रो पटक विश्व कपको यात्रा तय गर्दा नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्व कप खेल्दैछ। साथै नेपालले आईसिसीद्वारा आयोजित प्रतियोगिताको अहिलेसम्मकै ठूलो उपाधि जितेको हो।

आज छनोटको अन्तिम खेलमा नेपाललाई उपाधि जित्न जित जरयरी थियो। नेपालले ब्याटिङ र बलिङमा नै तारिफयोग्य प्रदर्शन गर्यो। जितको लागि २ सय १२ रनको चुनौति पछाएको सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ८७ रनमा समेटियो।

नेपाली बलर सामु सामोआका खेलाडीहरूले खुलेर ब्याटिङ गर्न सकेनन् । पहिलो पावर प्लेमा २ विकेटको नोक्सानीमा मात्र २५ रन बनायो। पहिलो विकेट करण केसीले‌ लिए। डारियस भाइसर मात्र ४ रनमा एलबिडब्लु आउट भए।

यतिखेर सोमाओले ११ रन बनाएको थियो। दोस्रो विकेट ललित नारायण राजवंशीले लिए। उनले बेन्जामिन माइलाटा ११ रनमा कट एन्ड बोल्ड भए। तेस्रो विकेट पनि ललितले नै लिए।

सोलोमान नासलाई ललितले बोल्ड आउट गरे। ३१ रन जोड्दा सोमाओले ३ विकेट गुमाएको थियो। १० ओभरमा सामोआले मात्र ४१ रन बनाउँदा हार नजिक पुगिसकेको थियो।

यसपछि कुनै पनि समय साझेदारी बन्न सकेन । नेपाल निरन्तर अन्तरालमा विकेट झार्न सफल भयो। सामसन सोला ९ रनमा सन्दीप लामिछानेको बलमा, कालेब जासमत ९ रोहितको बलमा, सियान सोलिया ४० रनमा ललितको बलमा सन्दीपद्वारा कमयाच आउन भए। उनले टिमको लागि सर्वाधिक रन जोडे। यसपछि फेरिटी सुलोओटो ७ रनना रन आउट भए। बलिङमा ललितले ३ ओभरमा १ मेडन सहित १३ रन दिएर ३ विकेट लिए।

यसअघि नेपालले सानदार ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो। नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरूवात गरे। पहिलो पावर प्लेमा नेपालले ६१ रन जोड्यो।

पावर प्ले सकिए लगतै सातौं ओभरको चौथो बलमा १७ रन बनाएक कुशल सौमानी टियाईको बलमा बोल्ड आउट भए। उनले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरे।

कुशल आउट भएपछि वान डाउनमा उप कप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा आए। आसिफले ३१ औं बलमा डारियस भाइसरलाई छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। उनले यो क्रममा ६ चौका र ३ छक्का प्रहार गरे।

टि-ट्वान्टी आईमा उनको यो दशौं अर्धशतक हो। उनी ४१ बलमा ७ चौका र ४ छक्का सहित ६९ रन जोडेर नोआ मियाडको फुल टस बलमा डारियस भाइसरद्वारा क्याच आउट भए। टि-ट्वान्टी आईमा उनको यो व्यक्तिगत सर्वाधिक उच्च स्कोर हो। यसअघि उनले वेस्ट इन्डिज विरुद्ध ६८ रन बनाएका थिए।

१२ ओभर ५ बलमा आसिफ आउट हुँदा नेपालले १ सय १० रन बनाएको थियो। आसिफ आउट भएपछि यो छनोटमा पहिलो पटक मौका पाएका आरिफ शेख आए। तर उनी मात्र ९ रनमा डारियस भाइसरको बलमाएलबिडब्लु धरापमा परे।

यसपछि दीपेन्द्रले ३१ औं बलमा ड्यानियल बुर्गेसलाई १७ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनको पनि टी ट्वान्टी आईमा यो दशौं अर्धशतक हो। २ चौका र ४ छक्का सहित अर्धशतक बनाए लगतै दीपेन्द्र बुर्गेस कै बलमा ५३ रनमा आउट भए। १ सय ६० रन जोड्दा नेपालले चौथो विकेट गुमायो।

दीपेन्द्र आउट भएपछि लोकेश बमले बिष्फोटक ब्याटिङ गरे। उनले १२ बलमा ४ छक्का र २ चौका सहित अविजित ३९ रन जोडे। उनको टी ट्वान्टी आई करियरको यो उच्च रन हो। यसअघि उनले ३३ रन बनाएका थिए। अन्तिम ओभरमा सोमाओका दुई खेलाडीले लोकेशको दुई वटा क्याच छुट्टएका थिए। कप्तान रोहित पौडेल अविजित २१ रनना रहे।

बलिङमा डारियस भाइसर, ड्यानियल बुर्गेस, सौमानी टियाई, नोया मियाडले १/१ विकेट लिए।

नेपालले तेस्रो पटक विश्व कप खेल्दैछ। यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो। यसपछि २०२४ मा नेपालले अमेरिका र वेस्ट इनमडिजमा भएको विश्व कप खेलेको थियो।

यो छनोटबाट यसै वर्ष माघ २४ देखि फागुन २४ गते सम्म हुने टि ट्वान्टी विश्वकपका लागि नेपालसँगै ओमान र युएई छनोट भएका छन्।‌

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.