default_image

3 weeks ago

October 18, 2025

नेपाली क्रिकेट टोली युएईमा

1324 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन नेपाली क्रिकेट टोली आज ओमनबाट संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेको छ।

छनोटमा च्याम्पियन भएको भोलि पल्ट नै टोली विश्व कप लिग २ को त्रिकोणात्मक सिरिजका लागि दुबई आएको हो । नेपाल, युएई र अमेरिकासम्मिलित खेल अक्टोबर २६ मा सुरु हुनेछ। पहिलो खेल अक्टोबर २६ मा नेपाल र अमेरिकाबीच हुनेछ। सबैले एकअर्कासँग दुई पटक खेल्नेछन्।

८ टोली सम्मिलित लिग टुमा २० खेलमा २८ अंकसहित अमेरिका दोस्रो, १६ खेल खेलको नेपाल (१२अंक) सातौं र युएई (६) पुछारमा छ।

यसअघि युएइमा वेस्ट इन्डिजसँगको टि ट्वान्टी सिरिज खेलेर ओमान गएको थियो। टेस्ट राष्ट्रसँग पहिलो पटक नेपालले २-१ ले सिरिज जितेको थियो। टि ट्वान्टी विश्वकप अपराजित रहँदै नेपाल शुक्रवार च्याम्पियन बनेको थियो।

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]

November 10, 2025

पुबुदुले विराटनगर किङ्स सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग  (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]

November 9, 2025

क्रिकेटर विनोद ब्रेड बक्सको ब्रान्ड एम्बासडर

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]

Success

Thank you for your time.