4 weeks ago
October 19, 2025
एजेन्सी – भारत र अस्ट्रेलियाबीको पहिलो ओडिआईमा वर्षाका कारण रोकिएको छ।
वर्षाले खेल रोक्नु अघि भारतले ब्याटिङमा संघर्ष गरिरहेको थियो। ११.५ ओभरको खेल सम्भव हुँदा भारतले ३ महत्वपूर्ण विकेट गुमाएर ३७ रन जोडेको छ। ओपनर रोहित शर्मा, कप्तान शुभमन गिल र विराट कोहली आउट भएका छन्।
पूर्व कप्तान रोहितलाई ८ रनमा जोस हेज्लेउडले आउट गरे। रनको खाता नखोली विराट मिचेल स्टार्कको बलमा आउट भए। शुभमनको विकेट नाथम इल्सले लिए ।
श्रेयस ऐयर ६ र अक्षर पटेल ७ रनमा नटआउट रहँदा वर्षाले खेल रोकिएको छ। भारतीय टोली ३ ओडिआई र ५ टि ट्वान्टी सिरिजका लागि अस्ट्रेलिया पुगेको छ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]