default_image

4 weeks ago

October 19, 2025

अस्ट्रेलियासँग भारत पराजित

1269 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले पर्थमा वर्षाका कारण छोट्याइएको पहिलो ओडिआईमा भारतलाई डार्क बर्थ लुइसमा  ७  विकेटले हराएको छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका विराट कोहली पहिलो बलमै शून्य रनमा आउट भएका थिए । वर्षाका कारण खेल प्रति टोली २६ ओभरमा  गरिएको थियो । छ पटक वर्षाले अवरोध पारेको खेलमा भारतले ९ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो ।

मध्यक्रमका ब्याटरले लगातार विकेट गुमाए । मार्चपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेलिरहेका रोहित शर्मा र विराट कोहली दुवै पावरप्लेभित्रै आउट भए । कोहलीले ८ बल खेलेर खाता नखोली फर्किए । रोहितले ८ रन बनाए ।

कप्तान शुभमन गिल (१०) र श्रेयस अय्यर (११) आउट भएपछि भारत १४औं ओभरमा ४५-४ को अवस्थासम्म खस्कियो । त्यसपछि केएल राहुलले ३८ रन बनाएर टोलीको इनिङ्स पुनः उकास्ने प्रयास गरे । उनलाई अक्षर पटेल (३१) र वाशिङटन सुन्दरले साथ दिएका थिए ।

तर सुन्दर २४औं ओभरमा आउट भएपछि फेरि विकेटको वर्षा भयो । भारतले २१ रनको अन्तरमा थप ४ विकेट गुमायो ।

जस हेजलउडले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ७ ओभरमा २० रनमा २ विकेट लिए । मिचेल ओवेन र म्याथ्यु कुह्नेमानले पनि समान विकेट हात पारे ।

अष्ट्रेलियाले पनि पावरप्लेमा ट्राभिस हेड र म्याथ्यु सर्टका रूपमा दुई विकेट गुमायो । तर १ सय ३१ रनको संशोधित लक्ष्य सजिलै पार गर्यो ।

मिचेल मार्शले ५२ बलमा अविजित ४६ रन बनाएर इनिङ्स सम्हाले । उनले जोश फिलिप (२९ बलमा ३७ रन) सँग तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे ।

त्यसपछि वानडेमा डेब्यु गरेका म्याट रेन्सह २४ बलमा २१ रन बनाएसँगै २९ बल बाँकी रहँदा अष्ट्रेलिया विजयी भयो । दोस्रो ओडिआई‌ बिहीवार एडिलेडमा हुनेछ ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.