4 weeks ago
October 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको लागि पूर्वेली राजा नामक आफ्नो नयाँ म्यास्कट अर्ना सार्वजनिक गरेको छ।
यो म्यास्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्ने विश्वास टोलीले राखेको छ।
हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो। ‘यसको उपस्थितिले प्रशंसकहरूलाई शक्ति, सौन्दर्य र दृढ संकल्पको सम्झना गराउनेछ, जुन अर्ना र टिम दुवैका समान गुणहरु हुन् , विराटनगरले आइतवार जारी विज्ञप्तिमा भनेको छ।
राष्ट्रिय टोलीका सन्दीप लामिछाने विराटनगरका मार्की खेलाडी हुन्। ८ टोलिको सहभागितामा एनपिएल मंसिर १ गते सुरु हुनेछ ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]