3 weeks ago
October 23, 2025
एजेन्सी – अस्ट्रेलियाले भारतलाई दोस्रो ओडिआईमा २ विकेटले हराउँदै ३ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ।
२ सय ६५ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाका म्याथ्यु सर्टले ७४ रनको उत्कृष्ट इनिङ खेले । कुपर कोन्नोली ६१ रनमा अविजित रहे। अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमउँदै खेल जित्यो।
भारतका अर्शदीप सिंह, हर्षित राणा र वासिङटन सुन्दरले समान २ विकेट लिए । उनीहरूको बलिङ टोलीलाई जित दिलाउन पर्याप्त भएन।
त्यसअघि भारतले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाउँदै २ सय ६४ रनको बनाएको थियो। रोहित शर्माले ९७ बलमा ७३ रन र श्रेयस अय्यरले ७७ बलमा ६१ रन बनाएर राम्रो साझेदारी गरे। त्यसपछि अक्षर पटेलले मध्यक्रममा आक्रामक ४४ रन र हर्षितले अविजित २४ रन जोडे।
अस्ट्रेलियाका एडम जाम्पाले ४, जेभियर बार्टलेटले ३ र मिचेल स्ट्राकले २ विकेट लिएका थिए। तेस्रो तथा अन्तिम टि ट्वान्टी शनिवार हुनेछ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]