3 weeks ago
October 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले २ सय ६३ रनको चुनौती दिएको छ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो।
अमेरिकाले मध्यम सुरूवात गर्यो। पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा मात्र ३२ रन बनायो। सोमपाल कामीले अमेरिकाका ओपनर आन्द्रीएस गाउसलाई आउट गरे। ११ रन बनाएका गाउस भीम सार्कीद्वारा क्याच आउट भए। अमेरिकाले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।
आरिफ शेखले दोस्रो विकेट लिए। १० रन जोडेका अमेरिकाका कप्तान मोनांक पटेललाई एलबिडब्लु धरापमा पारे। १३.५ ओभरमा दोस्रो विकेट गुमाउँदा अमेरिकाले ४५ रन मात्र बनाएको थियो।
त्यसपछि ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे। सेट ब्याटर स्मित रन आउट भए। उनले १ सय बल खेल्दै ९ चौका सहित ७५ रनको इनिङ खेले। त्यतिखेर अमेरिकाले १ सय ४५ रन जोडेको थियो।
नेपालको लागि चौथो विकेट लेग स्पिनर सन्दीप लामिछानेले लिए। उनले क्रिजमा जमेका साइतेजा मुक्कामल्लालाई बोल्ड आउट गरे। उनले ४२ रन बनाएका थिए।

त्यसपछि शायान जाहन्गिर ११ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा आरिफ शेखद्वारा क्याच आउट भए। शुभम रानजाने १९ रनमा सन्दीपको बलमा गुलशन झाबाट क्याच आउट भए।
नेपालले अन्तिम २ ओभरमा ३२ रन बेहोर्यो। ४९ औं ओभरमा सोमपालले १३ रन र ५० औं ओभरमा करणले १९ रन दिए। पाँचौं क्रमका ब्याटर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ६ चौका र २ छक्का सहित अविजित ७० रनको सानदार इनिङ खेले। हर्मित सिंह अविजित १६ रनमा रहे।
बलिङमा सन्दीपले १० ओभरमा ५६ रन दिएर २ विकेट लिए। यस्तै सोमपाल, दिपेन्द्र र आरिफले समान १ विकेट लिए।
लिग टु मा संघर्ष गरिरहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण रहेको छ। मात्र १२ अंक सहित नेपाल अंक तालिकाको सातौं स्थानमा छ। अमेरिका २८ अंक सहित दोस्रो स्थानमा छ।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]