3 weeks ago
October 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ।
जितसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। टि-ट्वान्टी विश्व कप छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आज अत्यन्त कमजोर प्रदर्शन गर्यो। नेपाल ब्याटिङ र बलिङ दुवैमा फितलो रह्यो। अमेरिकाको जितमा हर्मित सिंहको सानदार बलिङ प्रमुख रह्यो।
जितको लागि २ सय ६३ रनको चुनौती पछाएको नेपाल ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा अल आउट भयो।
नेपालले रनको खाता नखोली ओपनर कुशल भुर्तेललाई गुमायो। दोस्रो बलमा रुसिल उगार्करको बलमा ओपनर कुशल दोस्रो बलमै कट बिहाइन्ड भए।
६९ रन जोड्दा नेपालले दोस्रो विकेटको रूपमा भीम सार्की आउट भए। उनी २९ रन जोडेर पबिलियन फर्किए। कमजोर सुरूवात गरेको नेपालले ६९ रनमा नै अर्को विकेट गुमायो। आसिफ शेख ३७ रनमा हर्मितको बलमा आउट भए।
नेपालको निरन्तर अन्तरालमा विकेट झरिरह्यो। नेपालले कुनै पनि समय साझेदारी बनाउन सकेन। कप्तान रोहित पौडेल मात्र २ रनमा शुभम रान्जानेको बलमा आउट भए। यसपछि आरिफ शेख २० रनमा र गुलशन झा ३ रनमा पबिलियन फर्किए। १ सय ३८ रन जोड्दा नेपालले ७ विकेट गुमायो र नेपाल हार नजिक पुग्यो।
त्यसपछि पनि अमेरिकाले लगातार विकेट लिन सफल रह्यो। करण केसी २ रनमा र सन्दीप लामिछाने सामना गरेको पहिलो बलमा रनको खाता नखोली आउट भए। अन्तिम विकेटको रूपमा दिपेन्द्र आउट भए। नेपालको लागि सर्वाधिक ४० रन उनले नै जोडे।
बलिङमा हर्मितले ८ ओभर १ बलमा १ मेडन सहित ६ विकेटको सानदार प्रदर्शन गरे। जुन जितको प्रमुख कारण बन्यो। शुभमले २ विकेट लिए।
त्यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो।
अमेरिकाले मध्यम सुरूवात गर्यो। पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा मात्र ३२ रन बनायो। सोमपाल कामीले अमेरिकाका ओपनर आन्द्रीएस गाउसलाई आउट गरे। ११ रन बनाएका गाउस भीमद्वारा क्याच आउट भए। अमेरिकाले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।
आरिफ शेखले दोस्रो विकेट लिए। १० रन जोडेका अमेरिकाका कप्तान मोनांक पटेललाई एलबिडब्लु धरापमा पारे। १३.५ ओभरमा दोस्रो विकेट गुमाउँदा अमेरिकाले ४५ रन मात्र बनाएको थियो।
त्यसपछि ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे। सेट ब्याटर स्मि रन आउट भए। उनले १ सय बल खेल्दै ९ चौका सहित ७५ रनको इनिङ खेले। त्यतिखेर अमेरिकाले १ सय ४५ रन जोडेको थियो।
नेपालको लागि चौथो विकेट लेग स्पिनर सन्दीपले लिए। उनले क्रिजमा जमेका साइतेजा मुक्कामल्लालाई बोल्ड आउट गरे। उनले ४२ रन बनाएका थिए।
त्यसपछि शायान जाहन्गिर ११ रनमा दीपेन्द्रको बलमा आरिफद्वारा क्याच आउट भए। शुभम रानजाने १९ रनमा सन्दीपको बलमा गुलशनबाट क्याच आउट भए।
नेपालले अन्तिम २ ओभरमा ३२ रन बेहोर्यो। ४९ औं ओभरमा सोमपालले १३ रन र ५० औं ओभरमा करणले १९ रन दिए। पाँचौं क्रमका मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ६ चौका र २ छक्का सहित अविजित ७० रनको सानदार पारी खेले। हर्मित अविजित १६ रनमा रहे।
बलिङमा सन्दीपले १० ओभरमा ५६ रन दिएर २ विकेट लिए। यस्तै सोमपाल, दिपेन्द्र र आरिफले समान १ विकेट लिए।
लिग -२ मा संघर्ष गरिरहेको नेपालको यो १० औं हार हो। मात्र १२ अंक सहित नेपाल अंक तालिकाको सातौं स्थानमा छ। अमेरिका ३० अंक सहित नेट रनरेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ।
नेपालले अब बिहिवार युएईसँग खेल्नेछ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]