2 weeks ago
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोट्स प्रा.लिले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि डाउडलाई अनुबन्ध गरेको जानकारी दिए ।
यसअघि कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ।
‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन् । त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ ।’
कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गरेको थियो। वाट र डाउडले भने पहिलो पटक एनपिएल खेल्नेछन्।
३१ वर्षीय डाउडले नेदरल्यान्ड्सबाट ८७ टि ट्वान्टी आई खेल खेलिसकेका छन् । जसमा १ शतक र १६ अधशतकसहित उनले २ हजार ३ सय ९ रन बनाएका छन् ।
कीर्तिपुरको मैदानमा उनले मलेसियाविरुद्ध ७३ बलमा करियरकै अविजित सर्वाधिक १ सय ३३ रन बनाएका थिए । उनले नेदरल्यान्ड्सको लागि ६५ ओडिआई खेलमा २ हजार १ सय ५३ रन बनाइसकेका छन् ।
कर्णालीले दोस्रो सिजनको एनपिएलको लागि ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ । पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायर पुगेको थियो ।
कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामी हुन् । कर्णालीसहित ८ टोलीले मंसिर १ गते सुरु हुने एनपिएलमा प्रतिस्पर्धा गर्नेछन्।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]