2 weeks ago
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डिआरसँग सम्झौता गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाली कपडा ब्रान्ड डिआरजेका मालिक डिल्ली राज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार डिआरजेले सुदूरपश्चिम रोयल्सका लागि जर्सी उपलब्ध गराउने छ। सुदूरपश्चिम रोयल्सका सिइओ खड्काले डिआरजेले उच्च गुणस्तरका खेल पोशाकले खेलाडीको प्रदर्शन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
‘डीआरजे पछिल्लो समय निकै लोकप्रिय र चर्चित नेपाली कपडा ब्रान्ड हो । खेलाडी र टिम दुवैका लागि उत्कृष्ट र गुणस्तरका खेल पोशाक चाहिन्छ,’ सिइओ खड्काले भने,‘त्यसैले हामीले डिआरजेसँग सहकार्य गरेका छौं । यसले सुदूरपश्चिमको पोशाकमा उच्च स्तरको गुणस्तर झल्काउने छ ।’

डिआरजेका जोशीले सुदूरपश्चिमसँग जोडिन पाउनु गौरवको विषय भएको बताए । उनले भने ‘सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा आफ्नै माटोसँग जोडिएको अनुभूति भएको छ । पछिल्लो सिजन जस्तै उत्कृष्ट प्रदर्शन यो सिजन उपाधि जित्नेमा विश्वस्त छु।’
सुदूरपश्चिम एनपिएलको पहिलो संस्करणमा दोस्रो भएको थियो। सुदूरपश्चिमसहित ८ टोलीले मंसिर १ देखि सुरु हुने एनपिएलको दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडी हुन्।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]