1 month ago
October 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोर्टस प्रालिले एसियन पेन्ट्ससँग सह प्रायोजक सम्झौता गरेको छ।
आज कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे।
निर्देशक घिमिरेले पेन्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी भएको बताउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि तयार रहेको बताए।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल याक एण्ड यति तथा नेबिको र प्लम्बर पाइप्ससँग पनि सहकार्य गरिसकेको छ।
कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा कात्तिक १६ र नोभेम्बर र ट्यालेन्ट हन्ट कात्तिक १९ गते हुने जनाएको छ।

कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिन प्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
कर्णालीले ३ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]