default_image

2 weeks ago

October 28, 2025

शीर्ष टोली अमेरिकाको लगातार दोस्रो जित

2108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको छ।

आज अमेरिकाले घरेलु टोली युएईलाई ५ बल बाँकी रहँदा ४ विकेटले हरायो। जितको लागि २ सय १२ रनको लक्ष्य अमेरिकाले ४९.१ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो।

अमेरिकाले कमजोर सुरुवात गर्यो। मात्र २२ रन जोड्दा ३ विकेट गुमायो। स्मित पटेल इनिङ्सको दोस्रो बलमा रनको खाता नखोली, एन्द्रियस गाउस १ रनमा र साइतेजा मुक्कामाल्ला ८ रनमा आउट भए।

लगत्तै सयान जहाँगिर १८ रनमा चौथो विकेटको रूपमा पबिलियन फर्किए। १५.३ ओभरमा ४ विकेट गुमाउँदा अमेरिकाले मात्र ५८ रन जोड्यो।

कमजोर सुरुवात गरेपनि कप्तान मोनांक पटेल, मिलिन्द कुमार र शुभम रानजानेले अमेरिकालाई जिततर्फ डोर्याए। मोनांकले अर्धशतक बनाए। उनले ६७ बल खेल्दै ६ चौका सहित ५० रन बनाए।

त्यसपछि मिलिन्द र शुभमले पाँचौं विकेटको लागि ७३ रनको सुझबुझपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे। मिलिन्द ८१ बल खेल्दै टोलीको लागि सर्वाधिक ७१ रनको इनिङ खेल्न सफल रहे।

शुभम अविजित ४६ रनमा रहे। बलिङमा जुनेद सिद्दिकीले सर्वाधिक ३ विकेट लिए। सिम्रनजित सिंहले २ विकेट झारे।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो। उसको लागि सातौ क्रमका ब्याटर हर्षित कौशिकले सर्वाधिक ५३ रन बनाए।

कप्तान राहुल चोप्राले ३६ रन बनाउँदा मोहम्मद साहददले ३४ रन जोडे । अन्य ब्यापार चलेनन्।
बलिङमा सौरव नेत्राभल्करले ३ तथा जसद्वीप सिंह र शुभमले समान २ विकेट लिए।

अमेरिकाले आइतवार नेपाललाई १ सय ६ रनले हराएको थियो। लगातार दोस्रो जित निकालेको अमेरिका ३२ अंक सहित तालिकाको शीर्षस्थानमा छ।

अंक तालिकाको पुछारमा रहेको युएईको यो १४ औ हार हो। १० अंक सहित तालिकाको पुछारमा छ। नेपाल र युएईबीच बिहीवार प्रतिस्पर्धा हुनेछ।

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.