default_image

1 month ago

October 29, 2025

न्युजिल्यान्डलाई ओडिआई सिरिज

304 views

0 Bookmark

एजेन्सी – दोस्रो ओडिआईमा आज इङ्ल्यान्ड फेरि कमजोर प्रदर्शन गरेपछि न्युजिल्यान्डसँग ५ विकेटले पराजित भएको छ । यससँगै ३ खेलको सिरिज न्युजिल्यान्डले २-० ले जितेको छ

पहिले ब्याटिङ गरेको इङ्ल्यान्ड ३६ ओभर सबै विकेट गुमाउँदै १ सय ७५ रनमा समेटियो। जेमी ओभरटनले सबैभन्दा बढी ४२ रन बनाए।

जो रुट, ह्यारी ब्रुक र जेमी स्मिथले राम्रो सुरुवात गरे पनि ठूलो स्कोर बनाउन सकेनन्। न्युजिल्यान्डका बलर ब्लेयर टिक्नरले ४ र नाथन स्मिथले २ विकेट लिए।

१ सय ७६ रनको लक्ष्य न्युजिल्याण्डले ३३.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। बलिङमा जोफ्रा आर्चरले चौथो बलमै विल यङलाई आउट गर्दै राम्रो सुरुवात गराए। उनले अर्धशतक बनाएका राचिन रविन्द्र ( ५४) र माइकल ब्रेसवेल (५) लाई पनि आउट गरे।

तर ड्यारिल मिचेलले अविजित ५६ रन र कप्तान मिचेल सान्टनरले ३४ रन बनाएर न्युजिल्यान्डलाई सजिलै जित दिलाए। सिरिजको अन्तिम खेल शनिवार हुनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.