1 month ago
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नामिबियाका कप्तान जेर्हाड इरसमसले काठमान्डु गोर्खाजबाट लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा इरसमसलाई भित्राएको हो ।
उनी सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका छन् । इरसमसले २०२३ र २०२४ मा आईसिसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए ।
वर्ष २०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ द इयर हुने क्रममा इरसमसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग २ का खेलमा २८ रन खर्चेर ५ विकेट लिएका थिए। जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो ।
त्यस्तै उनले सो वर्ष ४ अर्धशतक पनि प्रहार गरेका थिए, जसमा वेस्ट इन्डिजमा भएको टि ट्वान्टी विश्वकपमा स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रन बनाएका थिए । इरसमसले वर्ष २०२४ मा टि ट्वान्टी आईमा कुल १८ विकेट लिएका थिए ।
काठमान्डु गोर्खाजको टोलीसँग उनी यसअघि नै परिचित छन् । एनपिएलको पहिलो संस्करणमा उनले काठमान्डु गोर्खाजको उपकप्तानको भुमिकामा सानदार प्रदर्शन गरेका थिए । उनले ७ खेलमा १ सय ३७ माथिको स्ट्राइक रेटमा १ सय १० रन बनाउनुका साथै ११.९० को औषतमा ११ विकेट लिएका थिए ।
‘गत सिजन इरसमसले काठमान्डु गोर्खाजबाट उत्कृष्ट खेलेका थिए, यो वर्ष उनले अझ राम्रो खेल्ने छ भन्ने विश्वास लिएका छौं । उ राम्रो लिडर पनि हो, त्यसले पनि हाम्रो टिमलाई फाइदा पुगेको थियो । मैदान भित्र खेलाडीलाई उसले निकै एक्टिभ बनाएर राख्छ ।
इरसमस एसोसिएट क्रिकेटको उत्कृष्ट अलराउन्डर र उत्कृष्ट फिल्डर हुन्, उनी जस्ता खेलाडीलाई राखेर टिम बनाउदा प्रभावकारी हुने अपेक्षा राखेको छु,’ काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाहीले भने ।
३० वर्षे इरसमसले नामिबियाबाट ६३ खेलमा ३८.२१ को औषतमा २ शतक र १७ अर्धशतकका साथ २१७८ एकदिवसीय अन्तर्राष्ट्रिय रन र ७७ टि ट्वान्टी आईमा १ शतक र १३ अर्धशतकका साथ १२४ माथिको स्ट्राइक रेटमा १ हजार ८ सय ३३ रन बनाइसकेका छन् ।
उनले पछिल्लो तीन सिजन गुजरात जायन्ट्सबाट यूएईको आईएल टि ट्वान्टी पनि खेल्दै आएका छन् ।
काठमान्डु गोर्खाजले दोस्रो एनपिएलका लागि भित्राइएका उनी दोस्रो विदेशी खेलाडी हुन् ।
यसअघि नै दक्षिण अफ्रिकामा जन्मिएका र हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोसलाई लिइसकेको छ । राष्ट्रिय टोलीका सदस्य करण केसी गोर्खाजका मार्की खेलाडी हुन्।
एनपिएको दोस्रो सिजन मंसिर १ गते सुरु हुनेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]