1 month ago
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का दक्षिण अफ्रिकाका तीव्र गतिका बलर वायने पार्नेलसँग सम्झौता गरेको छ ।
बायाँ हाते ३६ वर्षे पार्नेलले दक्षिण अफ्रिकाबाट ६ टेस्ट, ७३ ओडिआई र ५६ टि ट्वान्टी आई खेलिसकेका छन् । उनले १ सय ७३ विकेट लिइसकेका छन् ।
उनले सन् २००६ मा श्रीलंकामा भएको आईसिसी यु–१९ विश्वकप खेलेका थिए । त्यसको २ वर्षपछि मलेसियामा भएको यु–१९ विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए ।
पार्नेलले आइपिएलमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर बेङलोरबाट खेलिसकेका छन् । उनीसँग विश्वव्यापी फ्रेन्चाइज लिगमा खेलेको अनुभव छ । सोक्रममा उनले सबै खाले टि ट्वान्टीका ३ सय खेल खेल्दै ३ सय १७ विकेट लिएका छन् ।
‘म एनपिएल खेल्न निकै उत्साहित छु, मैले नेपाली क्रिकेट समर्थकहरुको जोशलाई देखेको छु । एनपिएलको बारेमा पनि धेरै राम्रा पक्षहरु सुनेको छु । जनकपुर बोल्ट्सको उपाधि रक्षा अभियानमा समर्थकहरुको अगाडि खेल्नलाई म आतुर छु । मैदान भित्र होस वा बाहिर जनकपुर बोल्ट्सको एउटा हिस्सा बन्न पाउदा म निकै उत्साहित छु,’ पार्नेलले भनेका छन्।
ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले पहिलो संस्करण जित्दाका श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ ।
वेस्ट इन्डिज क्रिकेटका महान शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रने छ ।
बोल्ट्सका प्रवन्ध निर्देशक निरोज खतिवडाले पार्नेललाई अनुबन्ध गर्न पाउँदा निकै उत्साहित रहेको जनाए ।
‘पार्नेलले यू–१९ देखि राष्ट्रिय टोलीबाट खेल्दै लामो अनुभव संगाली विश्व क्रिकेटमा आफ्नो पहिचान बनाएका छन् । यस्तो ठुलो अनुभवले हाम्रो टोलीको उपाधि जोगाउने अभियानलाई बलियो बनाउने छ । नेपाली क्रिकेट प्रेमीलाई उनको विश्व स्तरीय खेल कौशल देखाउने अवसर पाउनु हाम्रो लागि गौरवको कुरा हो । पार्नेलले बोल्ट्स टोलीमा मात्र होइन, एनपिएलमै ठुलो विश्वास पुर्याउने छ ।’
जनकपुर बोल्ट्सले आफ्नो प्रशिक्षण क्याम्प अहिले भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा सञ्चालन गरिरहेको छ । टोलीका मार्की खेलाडी आसिफ शेखसहित ललित राजवंशी र अनिल साह नेपाली टोलीबाट विश्व क्रिकेट लिग टु खेल्न दुबईमा छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]