2 weeks ago
October 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई जितको लागि २ सय ३४ रनको लक्ष्य दिएको छ ।
आइसीसी एकेडेमी दुबईमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । ५० ओभरमा नेपालले सम्पुर्ण विकेट गुमाउँदै २ सय ३३ रन बनायो । नेपालले सुरूवात राम्रो गर्न सकेन । मात्र २६ रन जोड्दा २ विकेट गुमाइसकेको थियो ।
ओपनर कुशल भुर्तेल ७ रन र त्यसपछि आएका भीम सार्की ३ रनमा आउट भए । आशिफ शेख ३५ रनमा पुगेर सेट भएको अवस्थामा आउट हुन पुगे । ६१ रन जोड्दा नेपालले पहिलो क्रमका ३ ब्याटर गुमायो ।
तर यसपछि भने कप्तान रोहित र आरिफ शेखले चौथो विकेटको लागि ७० रनको साझेदारी गर्दै इनिङ उकासे । आरिफ २७ रनमा आउट भए । ४ विकेट गुमाउँदा नेपालले १ सय ३१ रन बनायो ।
यसपछि कप्तानलाई साथ दिन आएका उप कप्तान दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेटको लागि लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्र २३ रन जोडेर रन आउट भए । गुल्सन सामना गरेको पहिलो बलमा जुनेद सिद्दिकीको बलमा आउट भए।
४१ ओभर ५ बलमा ६ विकेट गुमाउँदा नेपालले १ सय ८६ रन बनाएको थियो । क्रिजमा कप्तान रोहित र सोमपाल थिए । ४६ औं ओभरको पहिलो बलमा रोहितले २ रन प्रहार गर्दा नेपालले २०० रनको आँकडा पुरा गर्यो ।
यही क्रममा रोहितले शतकको सफलता प्राप्त गरे । १ सय २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै शतक पूरा गरे । ओडिआईमा उनको यो करियरको दोस्रो शतक हो । यसअघि उनले सन् २०२२ मा पपुवान्युगिनी विरूद्ध पहिलो शतक बनाएका थिए ।
रोहितले शतक बनाउँदै इनिङ्स सम्हाले । तर नेपालले अन्तिम ५ ओभरमा नेपालले रन रेटलाई बढाउन सकेन । ४८ औं ओभरमा नेपालले २ विकेट गुमायो । सोमपाल ६ रनमा आउट भए ।
लगत्तै रोहित जाहिद अलीले रोहितको ठुलो विकेट लिए । उनी १ सय ९ रन जोडेर आउट भए । ४८ ओभरको समाप्तीमा नेपालले ८ विकेट गुमाउँदा २ सय १७ रन जोडेको थियो । करण केसीले १३ रन बनाए । नेपालले अन्तिम ५ ओभरमा मात्र ३९ रन बनाउन सक्यो ।
ओडिआईमा डेब्यु गरेका जाहिद अलिको लागि यो खेल स्मरणीय रह्यो । उनले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । यस्तै जुनेदले १० ओभर बलिङ गर्दै ५४ रन दिएर ३ विकेट लिए ।
यो सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ७ रनले हारेको थियो ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]