2 weeks ago
October 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दुई शतक बनाउने पहिलो नेपाली बनेका छन्।
आज रोहितले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा युएई विरुद्ध शतक बनाएर यो सफलता प्राप्त गरेका हुन्।
ओपनर कुशल भुर्तेल ७ रन जोडेर पहिलो विकेटको रुपमा आउट भएपछि कप्तान रोहित क्रिजमा छिरे। नेपालले कमजोर सुरुवात गर्यो।२६ रन जोड्दा २ विकेट गुमेको अवस्थामा रोहितले सम्यम्ता अपनाए। उनी क्रिजमा सेट भए।
रोहितले आरिफ शेखसँग चौथो विकेटको लागि ७० रनको तथा दिपेन्द्र सिंह ऐरीसँग पाँचौ विकेटको लागि लागि ५४ रनको दुई महत्वपूर्ण साझेदारी पनि गरे।
रोहितले १ सय २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै शतक पूरा गरे। ओडिआईमा उनको यो करियरको दोस्रो शतक हो।
आज रोहितले १ सय ९ रन बनाए। यसअघि उनले सन् २०२२ मा पपुवान्युगिनी विरूद्ध पहिलो शतक बनाएका थिए।
ओडिआईमा पुर्व कप्तान पारस खड्का, कुशल भुर्तेल, आसिफ शेख, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी र भीम सार्कीले समान १ शतक बनाएका छन्।
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]