default_image

2 weeks ago

October 30, 2025

नेपाल युएईसँग पनि पराजित

968 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा पुछारमा रहेको युएईसँग ५ विकेटले पराजित भएको छ।

नेपालको कप्तान रोहित पौडेलको शतक बाहेक अन्य खेलाडीको ब्याटिङ फितलो रह्यो। बलियो मानिएको नेपाली बलिङ‌ कमजोर रहनु पनि हारको कारण बन्यो। जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो।

जितको लागि २ सय ३४ रनको लक्ष्य पछाएको घरेलु टोली युएई ४३.३ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो।

सुरुवात राम्रो गरेको युएईले पहिलो विकेटको लागि ओपनरद्वय अलिसान सराफु र आर्यान्स शर्माले ६३ रनको साझेदारी गरे।

आलिसान नवौं ओभरमा ४५ रन जोडेर करण केसीको बलमा रोहित पौडेलद्वारा सम्हातिए। लगत्तै रनको खाता नखोलेका सोहेब खान सन्दीप लामिछानेको बलमा आउट भए।

नेपाली बलरहरुले विकेट झार्न सकेनन् भने कप्तान राहुल चोप्रा १५ रनमा रिटायर्ड हर्ट भए। यतिखेर टिमले १ सय १८ रन बनाइसकेको थियो।

राहुलको स्थानमा मोहम्मद वासिम क्रिजमा छिरे। उनले आर्यान्ससँग ७६ रनको साझेदारी गरे। २६ रन जोडेर तेस्रो विकेटको रुपमा पबिलियन फर्किए। यतिखेर युएई १ सय ९४ रन बनाउँदै जितको निकै नजिक पुगिसकेको थियो।

टोलीलाई सहज जिततर्फ डोर्याएका आर्यान्स शतकबाट मात्र दुई रनले चुके। ३४. ओभरमा सन्दीपको बलमा ९८ रन बनाएका आर्यान्स कट एन्ड बोल्ड हुन पुगे। उनी करियरकै पहिलो शतक नजिक पुगे। शतक संभव नभएपनि ओडिआईमा सर्वाधिक रन जोड्न सफल रहे। उनले यसअघि ५७ रन बनाएका थिए।

पाँचौं विकेटको रूपमा हर्षित कौसिक १३ रनना दीपेन्द्र सिंह ऐरीको बलमा आउट भए। यतिखेर ५८ बलमा युएईलाई जितको लागि १६ रन मात्र जोड्नु थियो। धुर्व परासर अविजित १६ रनना रहे। बलिङमा सन्दीपले‌ १० ओभरमा ३४ रन दिएर २ विकेट लिए। करण र दीपेन्द्रले १/१ विकेट लिए।

त्यसअघि आइसिसि एकेडेमी दुबईमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। ५० ओभरमा नेपालले सम्पुर्ण विकेट गुमाउँदै २ सय ३३ रन बनायो।
नेपालले सुरुवात राम्रो गर्न सकेन। मात्र २६ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।

कुशल भुर्तेल ७ रनमा र भीम सार्की ३ रनमा आउट भए। लगतै आशिफ शेख ३५ रनमा आउट हुन पुगे। ६१ रन जोड्दा नेपालले पहिलो क्रमका ३ ब्याटर गुमायो।

तर यसपछि भने कप्तान रोहित र आरिफ शेखले चौथो विकेटको लागि ७० रनको साझेदारी गर्दै इनिङ्स उकासे। आरिफ २७ रनमा आउट भए। ४ विकेट गुमाउँदा नेपालले १ सय ३१ रन बनायो।

यसपछि कप्तानलाई साथ दिन आएका उप कप्तान दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेटको लागि लागि ५४ रनको साझेदारी गरे। दीपेन्द्र २३ रन जोडेर रन आउट भए।

गुल्सन सामना गरेको पहिलो बलमा जुनेद सिद्दिकीको बलमा आउट भए। ४१.५ ओभरमा ६ विकेट गुमाउँदा नेपालले १ सय ८६ रन बनाएको थियो।

क्रिजमा कप्तान रोहित र सोमपाल थिए। ४६ औं ओभरको पहिलो बलमा रोहितले २ रन प्रहार गर्दा नेपालले २०० रनको आँकडा पुरा गर्यो।

यही क्रममा रोहितले शतकको सफलता प्राप्त गरे। १ सय २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै शतक पुरा गरे। ओडिआईमा उनको यो करियरको दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ मा पपुवान्युगिनी विरूद्ध पहिलो शतक बनाएका थिए।

रोहितले शतक बनाउँदै इनिङ्स सम्हाले। तर नेपालले अन्तिम ५ ओभरमा नेपालले रन रेटलाई बढाउन सकेन्। ४८ औं ओभरमा नेपालले २ विकेट गुमायो। सोमपाल ६ रनमा आउट भए।

लगत्तै रोहित जाहिद अलिले रोहितको ठूलो विकेट लिए। उनी १ सय ९ रन जोडेर आउट भए। ४८ ओभरको समाप्तीमा नेपालले ८ विकेट गुमाउँदा २ सय १७ रन जोडेको थियो। करण केसीले १३ रन बनाए। नेपालले अन्तिम ५ ओभरमा मात्र ३९ रन बनाउन सक्यो।

ओडिआईमा डेब्यु गरेका जाहिद अलिको लागि यो खेल स्मरणीय रहयो। उनले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए। यस्तै जुनेदले १० ओभर बलिङ गर्दै ५४ रन दिएर ३ विकेट लिए।

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ७ रनले हारेको थियो। १८ औं खरलमा नेपालको यो ११ औं हार हो। नेपाल १२ अंक सहित सातौं स्थानमा छ। पुछारमा रहेको युएईको चौथो जित हो। उसले ८ अंक बनाएको छ। अब नेपालले शनिबार शीर्षस्थानको अमेरिकासँग खेल्नेछ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.