default_image

1 month ago

October 30, 2025

शिखर इन्स्योरेन्स काठमान्डु गोर्खाजको गोल्ड पार्टनर

380 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि शिखर इन्स्योरेन्ससँग व्यावसायिक सम्झौता गरेको छ ।

गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरको रुपमा भित्राएको जनाएको छ । गोर्खाजले एनपिएल खेल्दा आफ्नो जर्सीको दुबै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो लगाएर खेल्ने छ ।

यसका लागि गोर्खाज र शिखर इन्स्योरेन्सबीच बिहीवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए । आर्थिक पक्ष भने खुलाइएको छैन ।

गत वर्ष एनपिएलको पहिलो सिजनमा शिखर इन्स्योरेन्स काठमाडौं गोर्खाजको सह–प्रायोजक थियो । काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजको टोलीका खेलाडीहरुमा भीम सार्की, साहब आलम, रशिद खान, आदिल आलम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतिक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापा रहेका छन् ।

टोलीले विदेशी खेलाडीमा इंग्ल्यान्डमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र उत्कृष्ट लयमा रहेका अमेरिकाका मिलिन्द कुमारलाई लिइसकेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.