1 month ago
October 31, 2025
मेलवर्न (हाम्रो खेलकुद) – म्याक्सिम्याक्स एजुकेशन तथा भिषा सर्भिसेस प्रालीेले अस्ट्रेलिया मेलवर्नस्थित स्थानीय क्रिकेट क्लब एभरेष्ट युनाइटेडलाइ मुख्य प्रायाेजन गरेकाे छ ।
मेलवर्नमा एक कार्यक्रम गरी म्याक्सिम्याक्सले क्लबसँगकाे प्रमुख प्रायाेजनसँगै टिमकाे जर्सी पनि सार्वजनिक गरेकाे हाे । म्याक्सिम्याक्सका सीइओ शंकर धरेल, क्लबका प्रतिनिधि राजन मास्के, नेपाली समाज भिक्टाेरियाका उपाध्यक्ष सुदीप श्रेष्ठलगायतले टिमलाइ म्याक्सिम्याक्सकाे लाेगाे अंकित जर्सी हस्तान्तरण गरे ।
कार्यक्रममा सीइओ धरेलले स्थानीय क्रिकेटप्रेमीकाे मनाेबल उच्च पार्ने उद्देश्यले टिमलाइ सहयाेग गरिएकाे बताए । सम्झौतापछि टिमले म्याक्सिम्याक्स एभरेष्ट क्लबकाे नामबाट स्थानीय प्रतियाेगिताहरुमा सहभागिता जनाउनेछ ।
एभरेष्ट युनाइटेड एफसीका रुपमा स्थानीय फुटबल प्रतियाेगिताहरु खेल्दै आएकाेमा पहिलाेपल्ट क्रिकेट टिम पनि निर्माण गरिएको हो। टिमले जारी रिचा मेमाेरियल क्रिकेट प्रतियाेगिता खेलिरहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]