2 weeks ago
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस लाई अनुबन्ध गरेको छ।
विराटनगर किङसले शुक्रवार विज्ञप्ति जारी गर्दै डु प्लेसिसलाई अनुबन्ध गरेको जनाएको थियो।
डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीमध्ये एक हुन्। कप्तानको रुपमा देश दक्षिण अफ्रिका र आइपिएलको फेन्चाईज आरसिबी लाई नेतृत्व गरेको अनुभव उनीसँग छ । उनको अनुभव र नेतृत्वले टोलीलाई अझ बलियो बनाउने विश्वास विराटनगर किङ्सले गरेको छ ।
‘फाफ डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपिएलको लागि गर्वको कुरा हो। उनको आगमनले विराटनगर किंग्स र एनपिएलको लागि आउने दिनमा अन्य विश्व स्तरिय खेलाडी आउन अझ उत्साहित हुनेछन,’ विराटनगका टिम डाइरेक्टर दिपेन्द्र चौधरीले भने ।
डु प्लेसिसले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १ सय ४३ ओडिआई र ५० टि ट्वान्टी आई खेलेका छन्। टि ट्वान्टी आईमा ३५.५३ को औसतमा १ हजार ५ सय २८ रन बनाएका थिए।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]