default_image

1 week ago

November 1, 2025

नेपालले अमेरिकासँग हार्नुका प्रमुख ५ कारण

3366 views

0 Bookmark

भुपेन्द्र जि.सी.

आइसिसी विश्वकप लिग टु मा नेपाल आफ्नो १९ औं खेलमा शनिवार अमेरिकासँग ४ विकेटले हार्यो । नेपालले सुरुवाती २ खेलको तुलनामा सुधारिएको ब्याटिङ प्रदर्शन गरेपनि जित निकाल्न सकेन ।

युएई भ्रमणमा लगातार ३ हार ब्यहोरेपछि नेपालको शीर्ष ४ मा रहँदै सोझै विश्वकप छनोट खेल्न र ओडिआई मान्यता निरन्तरता बचाउन पनि कठिन पर्नसक्ने देखिएको छ ।

आइसिसी एकेडेमी दुबईमा आज टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १ बल अगाडि २ सय ७१ रनमा अल आउट भएको थियो । जित्नलाई २ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ बल अगाडि नै ६ विकेट गुमाउँदै पूरा गर्यो ।

अमेरिका साइतेजा मल्ला ७५ र मिलिन्द कुमारले ७० रनको विजयी इनिङ खेले । प्रमुख बलर सोमपाल कामीलाई युएईविरुद्धको खेलबाट बेन्चमा राखेर मैदान उत्र्रेको नेपालले अमेरिकाविरुद्ध पनि राम्रो बलिङ गर्न सकेन । नेपालले अमेरिकासँग हार्नुको प्रमुख ५ कारण यस प्रकार छन् ।

५. पाएको सुरुवातलाई ब्याटरले ठूलो इनिङमा बदल्न नसक्नु

कुनैपनि ब्याटरलाई क्रिजमा सुरुवातमा रन जोड्न मुश्किल पर्दछ ।  सुरुवातमा रन जोड्ने ब्याटरले नै ठूलो इनिङ खेल्न प्रयास गर्नुपर्छ । आउने ब्याटरबाट रन बन्ने नबन्ने भर हुँदैन । ओपनर आसिफ शेखलाई २ रनमै गुमाएपनि कुशल भुर्तेल र भीम सार्कीले ८६ रनको साझेदारी गरेपछि नेपाल १९ ओभरमा ८८-१ को अवस्थामा थियो ।

भीम र कुशल मध्यले एकले इनिङलाई लगेर अघि बढेको खण्डमा ३ सय रनको योगफल कटाउने माहोल नेपालले बनाएको थियो । तर कुशल र भीम १३ रनको अन्तरमा आउट भएपछि नेपाल ८८-१ बाट १०१-३ को अवस्थामा पुग्यो ।

आरिफ शेख २ रनमै आउट भएपछि जसको कारण क्रिजमा दुबै नयाँ ब्याटर रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीलाई केही समय साझेदारी बनाउन प्रयास गरे । पाँचौ विकेटलाई रोहित र दीपेन्द्रले ८९ रनको साझेदारी गर्दै नेपाललाई फेरि ३ सय माथिको योगफलको सम्भावना देखाए । रोहितपछि गुल्शन झा २ रनमै आउट भएपछि नेपालले विशाल योगफलको सम्भाावना गुमायो ।

मध्यक्रमका ब्याटर दीपेन्द्रले ६७ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । कुशल ६५ बलमा ४७, भीम ४३ र रोहित ३६ रनमा आउट भए । पाएको राम्रो सुरुवातको सदुपयोग ब्याटरले गर्न नसक्नु नै नेपालको हारको कारण बन्यो ।

४. पावर प्लेमा विकेटविहीन बन्नु

ओडिआईमा २ सय ७२ रन प्रतिस्पर्धात्मक लक्ष्य मानिन्छ । विपक्षीलाई दबाबमा राख्न र टोलीको आत्माविश्वास बढाउन सुरुवाती १० ओभरमा नेपाललाई १/२ विकेट आवश्यक थियो । तर अमेरिकाले पावर प्लेमा कुनैविकेट नगुमाई ५३ रन जोड्यो । जसको कारण मध्यक्रमका ब्याटर विना दबाब खेल्न पाउदा लक्ष्य पछ्याउन सहज भयो ।

३. साइतेजा र मिलिन्दको साझेदारी तोड्न नसक्नु

सुरुवात कमजोर गरेपनि नेपाल खेलमा फर्किदै अमेरिकालाई २०.५ ओभरमा ९५-३ को अवस्थामा पुर्याएको थियो । क्रिजमा साइतेजा १७ र मिलिन्द शून्यबाट खेल्दा अमेरिकालाई २९.१ ओभरमा १ सय ७७ रन बनाउनु पर्ने थियो ।

त्यसपछि ब्याटिङमा आउन अलराउण्डर सञ्जयकृष्ण मुर्ती, हरमित सिंह र शुभम रान्जानी थिए । त्यसैले साइतेजा र मिलिन्दको साझेदारी नै खेलमा निर्णायक हुने निश्चित बन्यो । यी दुई मध्य एकलाई समयमै आउट गर्न सकेको भए नेपालले खेलमा पकड जमाउन सक्थ्यो ।

तर चौथो विकेटलाई यी दुई ब्याटरले १ सय २३ रनको साझेदारी गर्दै जिततर्फ अघि बढाए । सन्दीप लामिछानेले ४३ औं ओभरको पाँचौं बलमा मिलिन्दलाई क्याच आउट गर्दा अमेरिका जित पक्कापक्की जस्तै बनेको थियो । त्यसपछि हरमित, सञ्जय र शुभमले अन्त्य राम्रो गरे । साइतेजा र मिलिन्दको साझेदारी तोड्न नसक्नु नै नेपालको हारको कारण बन्यो ।

२. कमजोर फिल्डिङ

नेपालले साइतेजा र मिलिन्द कुमारको साझेदोरी तोड्न बलरले प्रयास नगरेका भने होइनन् । तर फिल्डिरबाट साथ रहन सकेन । स्पिनर सन्दीपको २५ औं ओभरको चौथो बलमा साइतेजाको क्याच कुशलले व्यक्तिगत २१ रनमा छाड्दै महत्वपूर्ण जीवनदान दिए । लगत्तै अर्को ओभरमा दीपेन्द्रले दिएको थ्रो राम्रोसँग कलेक्ट गरेर विकेटकिपर आसिफ शेखले साइतेजालाई नै रन आउट गर्ने अवसर गुमाए । दीपेन्द्र डाइरेक्ट थ्रोमा विरलै मिस हुने गर्दछन् ।

सन्दीपको ४० औं ओभरको चौथो बलमा बाउन्ड्री नजिकै गुल्शनले ब्यक्तिगत ५७ रनमा साइतेजालाई अर्को जीवनदान दिए । नेपालका प्रमुख फिल्डर भीम र दीपेन्द्रकै फिल्डिङ आजको खेलमा अपेक्षा भन्दा खराब रह्यो । अमेरिकाविरुद्ध खेलमा कमजोर फिल्डिङ हारको कारण बन्यो ।

१. प्रमुख बलरले सही समयमा विकेटलिन संघर्ष गर्नु

क्रिकेटमा जित्नलाई ब्याटिङ मात्रै होइन, बलिङ र फिल्डिङ पनि त्यतिनै राम्रो हुनुपर्दछ । ब्याटिङमा सुधार गरेपनि अन्य दुई पक्ष कमजोर हुनु हारको कारण बन्यो । नेपालको २ सय ७१ रनको योगफल बलरले बचाउने अपेक्षा गरिएको थियो । प्रमुख बलर सोमपालको स्थानमा नन्दन यादवलाई मौका दिएको थियो ।

प्रमुख बलरमा सन्दीप , करण केसी, नन्दन र ललित राजवंशीलाई खेलाएको थियो । तर कुनैपनि प्रमुख बलरले नेपाललाई आवश्यक परेको समयका विकेट लिन सकेनन् ।

करणले ९ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए । करणले आफ्नो विकेटको रुपमा ४६ औं ओभरमा साइतेजालाई क्याच आउट गराए । साइतेजा आउट हुँदा अमेरिकालाई २८ बलमा ३८ रन चाहिँदा टोलीको ५ विकेट बाँकी थियो ।

नेपालले खेल लगभग हारी सकेको अवस्थामा करणले आफ्नो पहिलो विकेट लिए । सन्दीपले १० ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए । सन्दीपले लिएका ३ मध्य २ अन्तिममा मिलिन्द र शुभमको थियो । सन्दीपको पहिलो विकेट ओपनर शयान जहानजिंगरलाई ३७ रनमा आउट गराए ।

नन्दनले १० ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । नन्दनले कप्तान मोनांक पटेललाई २१ रनमा आउट गरेपछि पुन विकेट लिन सकेनन् ।

ललितले १० ओभरमा ४५ रन खर्चिदा विकेट लिन सकेनन् । प्रमुख बलर नचल्दा अलराउण्डर दीपेन्द्रको प्रदर्शन निकै महत्वपूर्ण हुँदै आएको थियो ।

अमेरिकाविरुद्ध नेपालले दीपेन्द्रलाई ४२ औं ओभरमा उनको पहिलो ओभर दिएको थियो । त्यसैले आजको खेलमा प्रमुख बलरले सही समयमा विकेट लिन नसक्नु नै हारको अर्को कारण बन्यो ।

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]

November 10, 2025

पुबुदुले विराटनगर किङ्स सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग  (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]

November 9, 2025

क्रिकेटर विनोद ब्रेड बक्सको ब्रान्ड एम्बासडर

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]

Success

Thank you for your time.