default_image

1 week ago

November 2, 2025

पाकिस्तानलाई टि ट्वान्टी आई सिरिज

1092 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले लाहोरमा शनिवार भएको तेस्रो तथा निर्णायक टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै सिरिज २-१ ले जितेको छ।

तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट लिए र बाबर आजमले ४७ बलमा ६८ रनको उत्कृष्ट इनिङ्स खेलपछि घरेलु टोलीको जित निकालेको थियो।

अफ्रिदीको बलिङमा दक्षिण अफ्रिका ९ विकेट गुमाउँदै १ सय ३९ रनयो। त्यसपछि पाकिस्तानले १९ ओभरमै ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

यसअघि दक्षिण अफ्रिकाले पहिलो खेल रावलपिण्डीमा ५५ रनले जितेको थियो । लाहोरमा भएको दोस्रो खेल पाकिस्तानले ९ विकेटले जितेको थियो।

गद्दाफी रंगशालामा झण्डै ३२ हजार दर्शकबीच बाबरले लगातार ३ चौका प्रहार गर्दै आफ्नो ३७औँ टि ट्वान्टी आई अर्धशतक पूरा गरे। यो उनको १३ इनिङपछि पहिलो अर्धशतक हो।

बाबर र सलमान आघाले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे। तर बाबर आउट भएपछि पाकिस्तान केही दबाबमा परेको थियो। हसन नवाज र मोहम्मद नवाज छिट्टै आउट भए पनि उस्मान खानले नटआउट ६ रन बनाएर टिमलाई जिताए।

कप्तान सलमानले भने, ‘ पछि परेपछि फर्किएर सिरिज जित्नु ठूलो कुरा हो। सबै खेलाडीले राम्रो खेले।’

दक्षिण अफ्रिकी कप्तान डोनोभन फेरेइराले भने आफ्नो टिमको ब्याटिङ कमजोर भएको बताए। उनले भने, ‘हामीले धेरै विकेट छिट्टै गुमायौं, तर बलरहरूले राम्रो खेले। यो खेल हाम्रो लागि सिकाइको अवसर हो।’

पहिलो ओभरमै शाहिनले क्विन्टन डे कक र लुआन-द्रे प्रेटोरियसलाई शून्यमा आउट गरे। पाँचौं बलमा डिवाल्ड ब्रेभिस बच्न सफल भए र रीझा हेन्ड्रिक्ससँग तेस्रो विकेटका लागि ३८ रन जोडे। ब्रेभिस २१ रनमा आउट भए।

डेब्यु गरेका उस्मान तारिकले २ विकेट लिए। दक्षिण अफ्रिकाका लागि हेन्ड्रिक्सले ३६ बलमा ३४ रन बनाए । बोस्चले नटआउट ३० रन जोडे।

 

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]

November 10, 2025

पुबुदुले विराटनगर किङ्स सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग  (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]

November 9, 2025

क्रिकेटर विनोद ब्रेड बक्सको ब्रान्ड एम्बासडर

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]

Success

Thank you for your time.