default_image

1 month ago

November 2, 2025

टि ट्वान्टीबाट पूर्व कप्तान विलियमसनको सन्न्यास

575 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले टि ट्वान्टी आई क्रिकेटबाट सन्यास लिएका छन्।

उनले आज सन्न्यासको घोषणा गर्दै अब टेस्ट क्रिकेटमा ध्यान केन्द्रित गर्ने बताएका । उनले वेस्ट इन्डिजविरुद्ध डिसेम्बरमा हुने ३ टेस्टको सिरिजमा खेल्नेछन्।

३५ वर्षीय विलियमसनले सन् २०११ मा जिम्बाबेविरुद्ध टि ट्वान्टीमा डेब्यू गरेका थिए। उनले करियरमा ९३ खेल खेलेका छन् ।

तीमध्ये ७५ खेलमा न्युजिल्यान्डको कप्तानी गरेका छन्। उनको नेतृत्वमा टोली २०१६ र २०२२ मा टि ट्वान्टी विश्वकपको सेमिफाइनल र २०२१ मा फाइनल पुगेको थियो।

विलियमसनले टि ट्वान्टी आईमा १८ अर्धशतकसहित २ हजार ५ सय ७५ रन बनाएका‌ छन् । २०२१ को विश्वकप फाइनलमा अष्ट्रेलियाविरुद्ध उनले ८५ रनको उत्कृष्ट इनिङ खेले पनि न्युजिल्यान्ड पराजित भएको थियो।

सन्न्यासको घोषणा गर्दै उनले भने, ‘टि ट्वान्टी क्रिकेट मेरो जीवनको ठूलो हिस्सा रह्यो। म यस फर्म्याटमा खेल्दै पाएका अनुभव र सम्झनाका लागि आभारी छु। यो समय मेरो र टोली दुवैका लागि उचित हो। अब नयाँ खेलाडीलाई अवसर दिन र विश्वकपका लागि तयार रहन जरुरी छ।

न्युजिल्यान्ड क्रिकेटका प्रमुख कार्यकारी स्कट विनिङ्कले भने, ‘केनको कप्तानी र प्रदर्शन दुवै उत्कृष्ट छन्। उनले संसारभरका कठिन परिस्थितिमा निरन्तर रन बनाए र आफ्नो नेतृत्वले टोलीलाई नयाँ उचाइमा पुर्‍याए।’

विनिङ्कले थपे, ‘केन वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा खेल्नेछन्। सबै न्युजिल्यान्ड समर्थकहरूलाई म आग्रह गर्छु । आउनुहोस्, हाम्रो महान खेलाडीमध्ये एकलाई फेरि प्रत्यक्ष हेर्नुहोस्।’

विलियमसन अहिले केन्द्रीय सम्झौतामा छैनन्। उनले ओडिआई बारे भने भविष्यमा निर्णय लिने बताएका छन्।

 

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.