1 month ago
November 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपकएल) टोली सुदूरपश्चिम रोयल्सले अर्को साता
धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ।
ट्यालेन्ट हन्ट कात्तिक २३ र २४ गते धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुने बताइएको छ। ट्यालेन्ट हन्टमा सहभागी हुनका लागि कात्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नु पर्नेछ ।
सुदूरपश्चिम रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम प्रदेशका युवा खेलाडीको उल्लेख्य सहभागिता रहने विश्वास सुदूरपश्चिम रोयल्सले लिएको छ।
एनपिएलको साविक उप विजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि हिजो बाट प्रशिक्षण पनि सुरु गरेको छ। दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म आयोजना हुनेछ।
सुदूरपश्चिम रोयल्स टोली
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन
मुख्य प्रशिक्षकः जगत टमटा
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]