default_image

1 week ago

November 3, 2025

भारतले पहिलो पटक महिला क्रिकेट विश्वकप जित्यो

1769 views

0 Bookmark

एजेन्सी – भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ।

नवी मुम्बईमा आइतवार २ सय ९९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ४५.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४६ रनमा समेटियो।

दीप्ति शर्माले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । जसले खेल भारतको पक्षमा निर्णायक बनायो। दक्षिण अफ्रिकाकी कप्तान लौरा वोलवार्ड्टले उत्कृष्ट १ सय १ रन बनाइन्। तर उनी दीप्तिको बलमा आउट भइन्।

त्यसपछि उनले ख्लोए ट्रायन र नाडिन डे क्लर्कलाई पनि आउट गर्दै दक्षिण अफ्रिकाको अन्तिम सम्भावना समाप्त गरिन्।

खेलको सुरुवातमा वोलवार्ड्ट र ताज्मिन ब्रिट्सले राम्रो साझेदारी गरे पनि अमनजोत कौरको सिधा थ्रोमा ३५ बलमा २३ रन बनाएकी ब्रिट्स रनआउट भइन्।

एनेके बोस शून्य रनमै आउट भइन् भने पूर्व कप्तान सुन लुस २५ रनमा सफाली वर्माको बलमा आउट भइन्। सफालीले त्यसपछि मारिजान क्यापलाई पनि ५ बलमा ४ रनमै आउट गरिन्।

त्यसअघि दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको नोक्सानीमा २ सय ९८ रन बनाएको थियो।
सफाली र दीप्तीले अर्धशतक बनाए। सफालीले ८७ र दीप्तिले ५८ रन बनाइन् ।

भारतलाई सफाली र स्मृति मन्धानाले राम्रो सुरुवात दिलाएका थिए। मन्धाना १८औँ ओभरमा ट्रायनको बलमा ४५ रनमा आउट भइन्। सफालीले त्यसै ओभरमा अर्धशतक पूरा गरेकी थिइन् । खाकाको बलमा उनी आउट भइन्।

सेमिफाइनलकी नायिका जेमिमा रोड्रिग्स २४, कप्तान हरमनप्रीत कौर २०, र अमनजोत कौर १२ रनमा आउट भए।
ऋचा घोषले २४ बलमा ३४ रनको छिटो इनिङ्स खेलिन्।
खेल वर्षाका कारण टस ढिलो सुरु भएको थियो ।

भारत र दक्षिण अफ्रिकाले यसअघि महिला ओडिआई क्रिकेटमा ३४ पटक एकअर्कासँग खेलेका छन्। त्यसमध्ये भारतले २० , दक्षिण अफ्रिकाले १३ खेल जितेको छ र १ खेल बराबरीमा टुंगिएको छ।

सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई र दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेका थिए।

 

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]

November 10, 2025

पुबुदुले विराटनगर किङ्स सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग  (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]

November 9, 2025

क्रिकेटर विनोद ब्रेड बक्सको ब्रान्ड एम्बासडर

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]

Success

Thank you for your time.