1 month ago
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले पुष महिनामा नेपालमै हुने टि२० विश्वकपको ग्लोबल छनोटको लागि अर्को सातादेखि तयारी गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार टोलीको तयारीका लागि सम्पूर्ण योजना बोर्डसमक्ष प्रस्तुत गरिएको छ । बोर्डबाट पास भएसँगै अर्को सातादेखि टोलीको क्याम्प सुरु हुनेछ ।
सँगसँगै क्यानले महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो । आवेदन मिति गत साता नै समाप्त भएपछि क्यानले केहि नाम छनोट गरिसकेको छ । सर्टलिस्ट गरिएको नामबाट प्रशिक्षकको नाम पनि छिट्टै घोषणा हुने दासले जानकारी दिए ।
नेपाली टोलीले अघिल्लो महिना मलेसियाविरुद्ध टि२० सिरिजमा ३-२ को सिरिज जित दर्ता गरेको थियो । विश्वकपकै तयारीका लागि नेपालले मलेसिया पुगेको टिमका सबै खेलाडीले उक्त सिरिजअघि मलेसियाको टि२० प्रतियोगिता पनि खेलेका थिए ।
राष्ट्रिय टोलीको सिरिजपछि ६ खेलाडीले भने मलेसियाको अन्तर प्रदेश टि२० च्याम्पियनसिप खेल्दै उच्च प्रदर्शन गरेका छन् । सेलान्गोरलाई च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेकी सिता राना मगर ११८ रन र ७ विकेटसहित सर्वोत्कृष्ट खेलाडी बनिन् । उनकै टोलीबाट कविता जोशीले १३ विकेट लिँदै उत्कृष्ट बलरको अवार्ड जितिन् ।

त्यस्तै फाइनलमा पराजित सारावककी कविता कुँवर १ सय ९४ रनका साथ उत्कृष्ट ब्याटर चुनिइन् । नेपालकै राजमती ऐरीले च्याम्पियन सेलान्गोरबाट खेल्दा कवितासँगै पूजा महतो र रुविना क्षेत्रीले उपविजेता सारावकबाट खेलेका थिए ।
नेपालले पहिलो पटक टि२० विश्वकपको ग्लोबल छनोट खेल्न लागेको हो । छनोट प्रतियोगिता पुष २८ देखि माघ १९ गतेसम्म हुनेछ । सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष ४ टोलीले इंग्ल्यान्डमा हुने विश्वकपमा स्थान पक्का गर्नेछन् ।
नेपालसँगै प्रतियोगितामा बंगलादेश, नामिबिया, नेदरल्यान्ड्स, पपुवा न्यू गिनी, आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, अमेरिका र जिम्बाब्वे छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]