default_image

1 month ago

November 3, 2025

एक्स स्टेप एनपिएलको एपेरियल पार्टनर

426 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पाटर्नरका रुपमा आबद्ध भएको छ।

एक्स स्टेपको‌ नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एपेरियल पाटर्नरको सम्झौता पत्रमा हस्ताक्षर गरेको क्यानले जनाएको छ। सम्झौता यो वर्षका लागि भएको बताइएको छ।

रेन्बोका प्रबन्ध निर्देशक श्रेष्ठले रेन्बोले धेरै वर्ष देखि एक्स स्टेपको स्पोर्टस वेयर नेपालमा विक्री गर्दै आउने क्रममा विभिन्न खेलमा प्रायोजन गरेको र पहिलो पटक क्रिकेट त्यसमा पनि लोकप्रिय एनपिएलमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

क्यानले एनपिएलको तयारी तीव्र रुपमा अघि बढिरहेको जनाएको छ। ८ टोलीको सहभागितामा एनपिएलको दोस्रो सिजन मंसिर १ गते कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.