2 weeks ago
November 3, 2025
चितवन (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल)को एजुकेसनल कन्सलटेन्सी पार्टनरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेसनबीच एनपिएलको आधिकारिक एजुकेसनल कन्सलटेन्सी पार्टनर बन्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै प्रायोजन सम्झौता बारे जानकारी गराएको हो ।
एक्सपर्ट एजुकेसनले अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका र न्यूजील्याण्डलगायत देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको छ भने विश्वभरका २५ देशमा रहेका आफ्ना करिव ९० शाखाहरु मार्फत सेवा पुर्याउँदै आइरहेको छ ।
एक्सपर्ट एजुकेशन लामो समयदेखि विभिन्न तहका क्रिकेट प्रतियोगिताहरुमा संलग्न रहँदै आएको छ । यसअघि एक्सपर्टले कलेज प्रिमियर लिग, स्कुल प्रिमियर लिग, प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग र जूनियर राष्ट्रिय खेलकुद च्याम्पियनसिप जस्ता प्रमुख प्रतियोगिताहरुलाई प्रायोजन गरिसकेको छ ।
यस्तै एक्सपर्टले चितवनका विभिन्न खेलकुद कार्यक्रमहरुमा पनि सहकार्य गर्दै आइरहेको छ । भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट, विभिन्न फुटबल प्रतियोगिताहरुमा एक्सपर्टले प्रायोजन गर्दै आइरहेको छ ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]