1 week ago
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाले युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा लगातार चौथो जित निकालेको छ।
आज २ सय ९३ रनको लक्ष्य पछ्याएको युएई लाई ४९ रनमा अलआउट गर्दै अमेरिकाले २ सय ४३ जित हासिल गरेको छ। यो जितले अमेरिका लिग को अंक तालिकाको शीर्ष स्थानमा थप मजबुत भएको छ।
साइतेजा मुक्कमल्ला र मिलिन्द कुमारको कीर्तिमानी साझेदारीमा पहिले ब्याटिङ गरेको अमेरिकाले ३ विकेटको नोक्सानीमा २ सय ९२ रन बनाएको थियो।
त्यसपछि अमेरिकी बलर रुसिल उग्राकर र सौरभ नेत्रभलकरको घातक बलिङमा युएई २२.१ ओभरमा ४९ रनमा अलआउट भएको थियो। युएईका जुनैद सिद्दीकीले १० रन बनाउन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
रुसिलले ८.१ ओभरमा एक मेडन राख्दै मात्र २२ रन दिएर ५ र सौरभले ८ ओभरमा ४ मेडन राख्दै मात्र ४ रन दिएर ३ विकेट लिए । शुभम रन्जाने र मिलिन्द कुमारले समान १ विकेट हात पारे ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा युएईले टस जितेर फिल्डिङ रोजेको थियो।
पहिले ब्याटिङ गरेको अमेरिकाले ७ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै २८ रन बनाएको थियो। त्यसपछि साइतेजा र मिलिन्दले चौथो विकेटका लागि २ सय ६४ रनको नटआउट कीर्तिमानी साझेदारी गरे। दुबैले शतक पूरा गरे।
१ सय ४९ बलमा साइतेजाले १० चौका र ३ छक्का सहयोगमा १ सय ३७ रन बनाए । मिलिन्दले १ सय २५ बलमा ११ चौका र १ छक्कासहित १ सय २३ रन जोडे। त्यसअघि कप्तान मोनांक पटेल १५ , ओपनर स्मिथ पटेल ५ र सयान जहाजिर २ रनमा आउट भए।
लिग टुको २४ खेल मध्ये १८ जित र ६ मा हार बेहोरेको अमेरिकाको ३६ अंक छ। सिरिजमा अमेरिकाले नेपाल र युएईलाई दुई पटक हराएको छ।
८ टोली सहभागी रहेको लिग टुको तालिकामा नेपाल १२ अंकसहित सातौं र युएई ८ अंकसहित पुछारमा छ। सिरिजको अन्तिम खेलमा बुधबार नेपाल र युएईबिच हुनेछ ।
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]