1 week ago
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिगको टोली चितवन राइनोजसँग सह-प्रायोजन सम्झौता गरेको छ ।
खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ इन्सोरेन्सले राइनोजसँग सहकार्य गरेको हो । आइतबार एक कार्यक्रममाझ हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री आयुष न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
इन्स्योरेन्सले यो साझेदारीलाई खेल क्षेत्रमा जोखिम व्यवस्थापनको नयाँ दृष्टिकोणका रूपमा लिएको छ । खेल क्षेत्रमा विविध जोखिम रहने भएकालेयस विषयमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले विशेष ध्यान दिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताइन् । यो सहकार्यबाट खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने अपेक्षा इन्स्योरेन्सले गरेको छ ।

कुशल मल्ल मार्की खेलाडी रहेको चितवन हाल एनपिएलको अन्तिम तयारीका लागि भारतमा छ । कलाम अलीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको टोलीले विदेशी खेलाडीमा गत सिजन खेलेका रवी बोपरा र सोहेल तन्भिरलाई अनुबन्ध गरिसकेको छ । यस्तै इंग्ल्यान्डका पूर्व ओपनर डाविड मलानले पनि राइनोजका लागि खेल्दैछन् । युगान्डाका अल्पेश रामजनी पनि चितवनसँग अनुबन्धित भएका छन् ।
टोली : कुशल मल्ल, कमल सिंह ऐरी, रिजन ढकाल, देव खनाल, अर्जुन साउद, विपिन आचार्य, दीपक बोहरा, विपिन रावल, गौतम केसी, अमर राउटेला, गौतम केसी
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन्। पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ। एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीको प्रशिक्षक […]
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। ब्रेड बक्सले आफै स्थानीय […]