1 week ago
November 4, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- इंग्ल्यान्ड टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्ने भएका छन्।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपिएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो ।
३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ ओडिआई खेलिसकेका छन् । सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उनले यो सबै ३ खेल खेलेका थिए । लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो ओडिआई सिम्पसनले १७ रन बनाउनुका साथै ५ क्याच लिएका थिए ।
‘जोहन सिम्पसनले आफ्नो प्रमाणित नेतृत्व क्षमता, अनुभव र संयमता यस समूहमा लिएर आउने छन्, देव्रहाते विकेटकिपर ब्याटर उनले काउन्टीमा वर्षौ देखि सफलताहरु पाउदै आएका छन्,’ काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले सिम्पसनको बारेमा भने, ‘उनी अहिले ससेक्सको नेतृत्व पनि गरिरहेका छन् । उनको व्यवसायीकता र शान्त स्वभाव अमुल्य छ । काठमान्डु गोर्खाज परिवारमा उनलाई आवद्ध गर्न पाउदा हामी निकै खुशी छौं र उनको आगमनले हाम्रो ब्याटिङ र विकेटकिपिङलाई थप मजबुत बनाएको छ ।’
सिम्पसनसँग इंग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढि रन बनाएको अनुभव छ ।
२ सय २९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन् ।
सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १२९ रन बनाएका थिए । यो उनको पछिल्लो खेल रहेको थियो ।
त्यस्तै उनले १ सय १५ लिष्ट ‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढि रन बनाएका थिए । टि ट्वान्टीमा उनले १ सय ९५ खेलमा झन्डै १ सय ३० को स्ट्राइक रेटमा ३ हजारमाथि रन बनाएका छन् । ससेक्स अघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए ।
उनले द हन्ड्रेडमा लांकसायर स्प्रिट र नर्थन सुपरचार्जसबाट खेल्दै आएका छन् । भाइटालिटी ब्लास्टमा उनले २००९ देखि खेल्दै आएका छन् ।
राजधानीको टोलीले भित्राएका उनी पाँचौं विदेशी खेलाडी हुन् । काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, अमेरिकी ब्याटर मिलिन्द कुमारलाई र इंग्लिस काउन्टी खेल्दै आएका बेन चाल्सवर्थलाई आउदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ ।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]