1 month ago
November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोलीलाई २ सय ४० रनको मध्यम चुनौती दिएको छ।
आइसिसी एकेडेमी दुबईमा टस जितेर युएईले नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायो।
नेपालले दोस्रो ओभरमा नै ओपनर कुशल भुर्तेललाई गुमायो। कुशल २ रनमा आउट हुँदा नेपालले ४ रन मात्र बनाएको थियो। पहिलो पावर प्लेमा नेपालले १ विकेट गुमाउँदा ४१ रन जोडेको थियो।
आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटको लागि ७४ रनको साझेदारी गरे। आसिफ ३४ रन जोडेर रन आउट भए। लगत्तै कप्तान रोहित पौडेल २ रनमा आउट भए। ३ विकेट गुमाउँदा नेपालले मात्र ८७ रन बनाएको थियो।
कमजोर सुरुवात गरेको नेपालको इनिङ्स त्यसपछि कुनै पनि खेलाडीले ठुलो इनिङ्स खेल्न सकेनन्। ठूलो साझेदारी पनि बन्न सकेन। भीम चौथो विकेटको रुपमा आउट भए। ६८ बल खेलेर ७ चौका सहित ४८ रनको पारी खेलेर धुर्व परासरको बलमा आउट भए।
त्यसपछि दीपेन्द्र सिंह ऐरी ३७ रनमा र आरिफ शेख ३० रनमा आउट भए। ४२.५ ओभरमा १ सय ८७ रन बनाउँदा नेपालले ७ विकेट गुमाएको थियो। लगत्तै करण केसी सामना गरेको पहिलो बलमा रनको खाता नखोली र नन्दन यादव पनि १ रनमा आउट भए।
सातौं क्रममा आएका कुशल मल्लले नेपालको इनिङ्सलाई सम्हाले। ५१ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै ४५ रनको पारी खेले। सन्दीप लामिछाने १५ र ललित राजवंशी ४ रनमा अविजित रहे।
बलिङमा जुनेद सिद्दिकी, मोहम्मद जवादुल्लाह र धुर्व परासरले २/२ विकेट लिए। यो सिरिजमा नेपालले एउटा पनि खेल खेल्न सकेको छैन।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]