default_image

1 month ago

November 6, 2025

जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

542 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ ।

यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ ।

चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले निखिललाई ‘गुडविल एम्बासडर’ बनाएको घोषणा गरेको थियो । उनको यो प्रदर्शनले टोलीको नारा ‘बिल्ट फर भिक्ट्री‘ लाई नयाँ उचाइमा पु¥याएको जनकपुरले जनाएको छ ।

उप्रेतीले भने, ‘जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो । यस टोलीसँग जोडिन पाउनु मेरो लागि सम्मानको विषय हो । विजयको आत्मा हरेक नेपालीमा बसोबास गर्छ, र म त्यो आत्मालाई जनकपुर बोल्ट्ससँग मिलेर जगाउन चाहन्छु ।’

जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले भने, ‘निखिल उप्रेती नेपाली युवाहरूका लागि साहस र दृढताको प्रतीक हुन् । उनको देशप्रेम, अनुशासन र सकारात्मक ऊर्जा हाम्रो टोलीको मूल्य र दर्शनसँग मेल खान्छ । हामी उहाँलाई हाम्रो गुडविल एम्बासडर रूपमा स्वागत गर्न गर्व महसुस गर्छौं ।’

यो साझेदारीले जनकपुर बोल्ट्सलाई केवल खेल मैदानमा होइन, समाजमा प्रेरणाको स्रोतका रूपमा पनि अघि बढाउने अपेक्षा गरिएको छ ।

ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले एनपीएलका लागि तिव्र बनाइरहेको छ । वेस्ट इन्डिजका पूर्व खेलाडी शिवनारायण चन्द्रपालको प्रशिक्षणमा उत्रिने जनकपुरले विदेशी खेलाडीमा वायने पार्नेल, श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाइ टोलीमा अनुबन्ध गरिसकेको छ ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.