default_image

1 month ago

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

1427 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।

जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र १ चौका मा ५३ रन बनाउँदै सन्दीप रिटायर्ड भएका थिए । सिक्सेसमा ५० रन बनाउने खेलाडी रिटायर्ड हुनुपर्ने प्रावधान छ ।

राशिद खानले ११ र मोहम्मद आदिल आलम नटआउट ११ रन जोडे। अर्को ओपनर लोकेश बमले १० रन बनाए ‌। रुपेश श्रेष्ठ १ रनमा नटआउट रहे । अफगानिस्तानका फरमुल्ला र इजाज अहमद अहमदजाइ ले समान १ विकेट लिए

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ । करिम जनितले सर्वाधिक ३५ रन बनाए । नेपालका लागि रसिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए ।

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.