4 weeks ago
November 8, 2025
¢काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग ३ विकेट पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा ४ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। ओपनर सन्दीप जोराले ३९ र अर्को ओपनर लोकेश बमले नटआउट ३१ रन बनाएका थिए।
जवाफमा श्रीलंकाले ५.३ ओभरमा ३ विकेट गुमाउँदै ८९ रन जोड्दै खेल जितेको थियो। रुपेश सिंहले लगातार २ विकेट र अर्को विकेट लोकेश ले लिएका थिए।
यसअघि आजै समूह चरणमा नेपाल दक्षिण अफ्रिकासँग नेपाललाई ४ विकेटले पराजित भएको थियो ।
नेपाललाई ३.३ ओभरमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो । नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।
त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।
हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको आफ्नो दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ११:३० बजे सुरु हुने।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]