1 month ago
November 8, 2025
¢काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग ३ विकेट पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा ४ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। ओपनर सन्दीप जोराले ३९ र अर्को ओपनर लोकेश बमले नटआउट ३१ रन बनाएका थिए।
जवाफमा श्रीलंकाले ५.३ ओभरमा ३ विकेट गुमाउँदै ८९ रन जोड्दै खेल जितेको थियो। रुपेश सिंहले लगातार २ विकेट र अर्को विकेट लोकेश ले लिएका थिए।
यसअघि आजै समूह चरणमा नेपाल दक्षिण अफ्रिकासँग नेपाललाई ४ विकेटले पराजित भएको थियो ।
नेपाललाई ३.३ ओभरमा अल आउट गरेको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित निकाल्यो । नेपालका लागि दुबै विकेट लोकेश बमले लिए ।
त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। हिजो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।
हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको आफ्नो दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समयअनुसार बिहान ११:३० बजे सुरु हुने।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]