default_image

1 month ago

November 8, 2025

हङकङ सिक्सेस – नेपालसँग भारत पराजित

1315 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा राशिद खानको अलराउन्डर प्रदर्शनमा ९२ रनले हराएको छ।

१ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा अलआउट भएको छ।

नेपालका लागि समान १ ओभर बलिङ गरेका राशिदले ३ बसिर अहमदले २ र रुपेश सिंहले समान १ विकेट लिए।

त्यसअघि भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालका लागि तीनै ब्याटरले उत्कृष्ट ब्याटिङ गरेपछि विना विकेटको क्षतिमा १ सय ३७ रन बनाएको छ।

ओपनर राशिदले ५५ बनाए। रिटायर्ड हर्ट हुनुअघि राशिदले ६ छक्का र ४ चौका प्रहार गरे।

अर्का ओपनर सन्दीप जोराले ४७ र लोकेश बम ३१ मा नटआउट रहे । सन्दीले १२ बलमा ५ छक्का र ४ चौका तथा लोकेशले ७ बलमा ४ छक्का र १ चौका प्रहार गरे।

यसअघि बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको थियो।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.