1 month ago
November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक टिम लुम्बिनी ओमानले वार्म अप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
फाइनलमा गल्फ मर्सुमलाई ३२ रनले हराउँदै टिम लुम्बिनीले उपाधि जितेको हो। टिम लुम्बिनीले पहिले ब्याटिङ गर्दै निर्धारित ८ ओभरमा विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो। जवाफमा गल्फ मर्सुमले ३ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।
लुम्बिनीका हेमन्त घर्तीमगर प्लेयर अफ दि टुर्नामेन्ट, एनआरएनएससीका सन्तोष राई उत्कृष्ट ब्याटिङ र मगर समाजका रुपक अन्सारी उत्कृष्ट बलर र टिम लुम्बिनीका चन्दन पाल उत्कृष्ट फिल्डर चुनिए ।
विजेता टिम लुम्बिनीले ३६ हजार र दोस्रो गल्फ मर्सुमले १८ हजार रुपैयाँ प्राप्त गर्यो ।
ओमानवासी नेपालीबीड आपसी भाइचारा र निकटता बढाउने उद्देश्यले आयोजित क्रिकेट प्रतियोगितामा फाइनल पुगेका दुई टोलीसहित एनआरएन सोसियल क्लब ओमान, ८८४८ स्पोर्टस क्लब, रोयल मस्कट, मगर समाज ओमान, किरात समाज ओमान, गोर्खा वारियर्स र ओएनएफ क्रिकेट टिम गरि ९ टोलीको सहभागिता थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]