4 weeks ago
November 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक टिम लुम्बिनी ओमानले वार्म अप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
फाइनलमा गल्फ मर्सुमलाई ३२ रनले हराउँदै टिम लुम्बिनीले उपाधि जितेको हो। टिम लुम्बिनीले पहिले ब्याटिङ गर्दै निर्धारित ८ ओभरमा विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो। जवाफमा गल्फ मर्सुमले ३ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।
लुम्बिनीका हेमन्त घर्तीमगर प्लेयर अफ दि टुर्नामेन्ट, एनआरएनएससीका सन्तोष राई उत्कृष्ट ब्याटिङ र मगर समाजका रुपक अन्सारी उत्कृष्ट बलर र टिम लुम्बिनीका चन्दन पाल उत्कृष्ट फिल्डर चुनिए ।
विजेता टिम लुम्बिनीले ३६ हजार र दोस्रो गल्फ मर्सुमले १८ हजार रुपैयाँ प्राप्त गर्यो ।
ओमानवासी नेपालीबीड आपसी भाइचारा र निकटता बढाउने उद्देश्यले आयोजित क्रिकेट प्रतियोगितामा फाइनल पुगेका दुई टोलीसहित एनआरएन सोसियल क्लब ओमान, ८८४८ स्पोर्टस क्लब, रोयल मस्कट, मगर समाज ओमान, किरात समाज ओमान, गोर्खा वारियर्स र ओएनएफ क्रिकेट टिम गरि ९ टोलीको सहभागिता थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]