default_image

4 weeks ago

November 9, 2025

एक्सट्रिम इनर्जी काठमाडौं गुर्खाजको‌ ड्रिङ्क पार्टनर

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि एक्सट्रिम इनर्जी ड्रिङ्कसँग प्रायोजन सम्झौता गरेको छ ।

गोर्खाजले एक्सट्रिम इनर्जिसँग ड्रिङ्क पार्टनरको रुपमा सम्झौता गरेको हो । एनपिएलमा काठमान्डु गोर्खाजले जर्सीको पछाडिको भागमा एक्सट्रिम इनर्जी ड्रिङ्कको लोगो लगाएर खेल्ने छ ।

काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जी ड्रिङ्क बीच यसका लागि सम्झौता भएको छ । काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र एक्सट्रिम इनर्जी ड्रिङ्कका महाप्रवन्धक पवनकुमार श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले प्रायोजक बिना एनपिएल र फ्रेन्चाइज क्रिकेट अधुरो हुने जनाउदै एक्सट्रिम इनर्जी ड्रिङ्कको साथमा आर्थिक हिसाबमा मात्र नभई सहयोग र साथका हिसाबमा पनि आफ्नो टोलीको मनोबल बढ्ने बताए ।

महाप्रबन्धक श्रेष्ठले खेलाडीलाई अतिरिक्त जोश प्रदान गर्न काठमान्डु गोर्खाज हुदैं नेपाल प्रिमियर लिगको हिस्सा हुन लागेको जनाए ।

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वल्र्ड लिंकसँग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स रहेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजको टोलीका खेलाडीहरुमा भीम सार्की, साहव आलम, रशिद खान, आदिल आलम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतिक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापा रहेका छन् ।

टोलीले विदेशी खेलाडीमा इंग्ल्यान्डमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, उत्कृष्ट लयमा रहेका अमेरिकाका मिलिन्द कुमार र सन्नी पटेललाई लिइसकेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.