default_image

1 month ago

November 9, 2025

शरदको सन्न्यास – एउटा युगको अन्त्य

631 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटको इतिहासमा शरद भेषावकर एउटा नाम मात्रै होइन, एउटा भावनात्मक अध्याय हुन्।

दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले नेपाली क्रिकेटलाई उचाइमा पु-याउँदै असंख्य क्षणहरू दिएका छन् । जसले क्रिकेटप्रेमीलाई गर्व, आशा र आत्मविश्वास दिलायो।

३७ वर्षका यो शालीन र समर्पित अलराउन्डरले आज हङकङ सिक्सेसका दौरान अन्तिमपटक राष्ट्रिय टोलीको जर्सी लगाए ।

टोलीका खेलाडीले गार्ड अफ अनर दिँदै उनलाई बिदा गरे ।
शरदले सामाजिक सञ्जालमा छोटो तर गहिरो सन्देश लेखे ,’धन्यवाद नेपाल क्रिकेट र सबैलाई। अब बिदा हुन्छु।’ ती शब्दहरूमा थियो एक जीवनभरको योगदान र एउटा सपनाको अन्त्य ।

नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत गरेको यो सन्न्यास प्रस्तावसँगै उनको लामो अन्तर्राष्ट्रिय यात्रा औपचारिक रूपमा समाप्त भएको छ।

सन् २००२ मा यू–१५ टोलीबाट सुरु भएको उनको कथा कतारविरुद्धको शतकबाट शुरू भयो र २०२५ मा हङकङको मैदानमा अन्त्य। तर, यो अन्त्य होइन। अर्को पुस्तालाई प्रेरणा दिने सुरुवात हो।

शरदको यात्रामा असंख्य अध्यायहरू छन् । २०१० मा किर्तिपुरमै शतक हान्दा हजारौं दर्शकको हर्षध्वनि, २०१४ मा केन्याविरुद्ध अन्तिम ओभरमा नेपाललाई विश्वकपमा पुर्‍याउने ऐतिहासिक क्षण ।

त्यसपछि २०१८ मा नेपालले ओडिआई मान्यता पाउँदा उनको अनुहारमा देखिएको सन्तुष्टि , यी सबै क्षण अब नेपाली क्रिकेटको इतिहासमा बस्नेछन्।

त्यो समयमा नेपाल क्रिकेटका आधारस्तम्भ मध्ये एक थिए शरद । पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। शरदको सन्न्याससँगै नेपाली क्रिकेटको एउटा पुस्ताको अन्त्य भएको छ।

नेपालको ब्याटिङले जब संघर्ष गर्थ्यो, शरदले सधैं संयम र आत्मबल देखाएर टोलीलाई सम्भाल्थे। उनको खेल, अनुशासन र विनम्रताले उनलाई केवल खेलाडी होइन, एक आदर्श बनायो।

अहिले उनले ब्याट र प्याड टाँगेका छन्, तर उनको योगदानको कथा नेपाली क्रिकेटमा अविस्मरणीय रहनेछ। शरदले दिएको आत्मविश्वास, स्थिरता र गौरवका क्षणहले नेपाली क्रिकेटलाई सधैं उज्यालो बनाइरहनेछ।

शरदको सन्न्यासले केवल एउटा खेलाडीलाई होइन, एउटा युगलाई बिदा गरेको हो। नेपाली क्रिकेटका हरेक धड्कनमा उनको नाम सधैं गुञ्जिरहनेछ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.