4 weeks ago
November 9, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ।
ब्रेड बक्सले आफै स्थानीय उत्पादन र गुणस्तरीय स्वादलाई सुदूरपश्चिम देखि देशभर परिचित गराउने अभियान अघि बढाइरहेको छ।
ब्रेड बक्सका सञ्चालक सुवास शाहीले भने, ‘विनोद भण्डारी सुदूरपश्चिमका गौरव हुन्। उनको अनुशासन, मेहनत र नेतृत्व क्षमताले हाम्रो ब्रान्डको मूल सोच प्रतिनिधित्व गर्छ। यो सहकार्यले युवामा स्थानीय उत्पादन प्रतिको विश्वास अझ बढाउनेछ।’
विनोदले भने, ‘ब्रेड बक्स जस्तो ब्रान्डसँग जोडिन पाउँदा गर्व लागेको छ। म आफैँ सुदूरपश्चिमको माटोबाट आएको खेलाडी हुँ र स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने यात्रामा ब्रेड बक्स सँग सहकार्य गर्न पाउँदा खुसी छु।’
धनगढीमा ब्रेड बक्सका तिन ओटा शाखा रहेका छन् । क्याफेले केक, कुकिज, ब्रेड र पेस्ट्रीज लगायतका विभिन्न डेरी प्रडक्टहरू उत्पादन गर्दै आएको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]