default_image

1 month ago

November 9, 2025

क्रिकेटर विनोद ब्रेड बक्सको ब्रान्ड एम्बासडर

480 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य तथा सुदूरपश्चिम रोयल्सका ब्याटर विनोद भण्डारीलाई ब्रेड बक्सले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

धनगढी स्थित क्याफेमा आज आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो। क्याफेले विनोदको लोकप्रियता, खेलकुदमा समर्पण र सुदूरपश्चिमका युवामाझ उनको सकारात्मक प्रभावलाई ब्रान्डको पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ।

ब्रेड बक्सले आफै स्थानीय उत्पादन र गुणस्तरीय स्वादलाई सुदूरपश्चिम देखि देशभर परिचित गराउने अभियान अघि बढाइरहेको छ।

ब्रेड बक्सका सञ्चालक सुवास शाहीले भने, ‘विनोद भण्डारी सुदूरपश्चिमका गौरव हुन्। उनको अनुशासन, मेहनत र नेतृत्व क्षमताले हाम्रो ब्रान्डको मूल सोच प्रतिनिधित्व गर्छ। यो सहकार्यले युवामा स्थानीय उत्पादन प्रतिको विश्वास अझ बढाउनेछ।’

विनोदले भने, ‘ब्रेड बक्स जस्तो ब्रान्डसँग जोडिन पाउँदा गर्व लागेको छ। म आफैँ सुदूरपश्चिमको माटोबाट आएको खेलाडी हुँ र स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने यात्रामा ब्रेड बक्स सँग सहकार्य गर्न पाउँदा खुसी छु।’

धनगढीमा ब्रेड बक्सका तिन ओटा शाखा रहेका छन् । क्याफेले केक, कुकिज, ब्रेड र पेस्ट्रीज लगायतका विभिन्न डेरी प्रडक्टहरू उत्पादन गर्दै आएको छ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.